पुर्व सभामुखद्धय महरा र घर्तीको वडामा एमालेका चौधरीकाे प्यानल विजयी

पुर्व सभामुखद्धय कृष्णबहादुर महरा र ओनसरी घर्तीको वडामा एमालेका रामलौटन चौधरी प्यानल सहित विजयी भएका छन् । उनि घोराही १७ मा गठबन्धनलाइ पराजित गर्दै वडा अध्यक्ष सहित प्याल विजयी भएका हुन ।

चौधरीले आफ्नो निकटम प्रतिस्पर्धी गठबन्धन तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार पदम केसीलाई २१७ मतले पछि पार्दै वडा अध्यक्षमा निर्वाचत भएका हुन । चौधरीले २ हजार १७१ मत पाएकाथिए । उनको प्रतिस्पर्धी केसीले १ हजार ९५४ मत प्राप्त गरेकाथिए ।

यसैगरी महिला सदस्य बसन्ती पोख्रेलले २ हजार १२८ मत, दलित सदस्य शिवा विकले २ हजार ३२५ मत, खुला सदस्यमा भद्रविर चौधरीले २ हजार ९८ र धनिराम चौधरीले २ हजार १५८ मतले ल्याएर निर्वाचित भएकाछन् । उक्त वडामा यस अघि २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओदी केन्द्र एक्लै हुदा पुरै प्यानल नै जितेकोथियो । तर, यसपटक भने पाँच दलिय गठबन्धन गर्दा समेत पराजित ब्यहोर्नु परेको छ ।

नेकपा माओवादी केन्द्रका प्रवक्ता समेत रहेका महराको घर घोराही १७ स्थित पनौरामा छ । उनको घर र घर्तिको नजिकै मतदान भएकोथियो । महराले गठबन्धनको उम्मेद्वारलाई विजयी गराउनको लागि सातादिन घरमै बसेर खटेकाथिए । उनि यहि क्षेत्रबाट प्रतिनीधि सभाको सदस्यमा निर्वाचित भएकाथिए । त्यसैगरी पुर्व सभामुख घर्तीको घर पनि घोराही १७ स्थित चौघेरामा रहेको छ ।

सन्तोष दहित

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित