मध्यवर्ती समस्या: खेती गर्छन्, बाली पाउँदैनन्

बाँके राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा पछ दंगीशरण गाउँपालिका वडा नं.१ फुर्केसल्ली । २०२० सालमा ४ घर बाट वस्ती शुरु भएको फुर्केसल्लीमा खेतीपाती समेत हुन थालेपछि अहिले १६८ घरधुरी छन् । १ हजार ५० जनसंख्या रहेको फुर्केसल्लीमा चिउरेपानी, कालाखोला, लामीतारा, खर्काखोटी, हाउरे, साङ्लो, ठाँटी र कालिटारा गरेर ८ वटा बस्ति छन् । ६५ विघाभन्दा बढी दर्तावाल जग्गा छ । त्यसको दोब्बर ऐलानी जग्गा छ । त्यहि जग्गाको भरमा एक हजार ५० जनसंख्या पालिदै आएको छ । उब्जनी राम्रै हुने फुर्केसल्लीमा विसौं वर्ष पहिला बसाइ सरी आएकाहरु अहिले कता निस्केर जाउँ भन्न अवस्थामा पुगेकाछन् ।

२०६७ मा बाँके राष्टिय निकुन्ज घोषणा भएपछि शान्त, हराभरा, शीतल हावापानी भएको फुर्केसल्ली मध्यवर्ती क्षेत्रमा पर्यो । शुरु शुरुमा त त्यसको असर परेन तर ४–५ वर्ष यता बन्जयजन्तुको विगविगीले फुर्केसल्लीबासी आजित भएकाछन । लगाएको बाली समेत भिक्र्याउ नपाउने अवस्थाले फुर्केसल्लीवासी सम्पत्ति छाडेर हिंडने अवस्थामा पुग्न थालेको स्थानीय बताउछन् । हावापानी राम्रो छ । प्रायः सवै बाली उत्पादन राम्रो हुन्छ स्थानीय प्राथमिक विद्याल फुर्केसल्लीका शिक्षक हुकुकम बहादुर घर्तीले बताए । तर, उत्पादन भएको अन्न खेतबारीमै जंगली जनवरले स्वाहा पार्दिन्छन् । त्यसैले फुर्केसल्लीवासीहरु दंगीशरणकै अरु वडा तथा शानितनगरतिर दोहोरो बसाइ गर्न थालेकाछन् । यहाँको जमिन बिक्दैन । नबिक्दासम्म सवै सम्पत्ति छाडेर जान पनि सकिदैन स्थानीय अगुवा फत्तेबहादुर घर्तीले भने । सक्नेले प्राय अरु वडा तथा अर्काे पालिका गाउँतिर घर जग्गा किनेर बस्ने गरेकाछन । नसक्नेहरु यहि छन् ।

यसैविच फियान नेपाल, सहकमकर्मी समाजको संयुक्त आयोजनामा मध्यवर्ती फुर्केसल्लीबासीसंग छलफल गरेको छ । छफलमा स्थानीयले हरेकदिन बाघले बाख्रा, भैंसी खाइदिने र बाँदर, दुम्सी, खरायो जस्ता जन्तुले वालीनाली खाइदिने गरेको दुखेसो पोखे । वाघले घरपालुवा जनावर नखाएको दिन छैन । बालीनाली पनि भिक्र्याउन पाइदैन स्थानीय चित्रा घर्तीले भनिन्, बँदेल, बाँदर, खरायोको नोक्सानी रोक्न रातभरी जग्राम बस्नुपर्छ । कतिपयले त उत्पादन गरेको बाली राम्रोसंग भिक्र्याउन नपाएपछि खेति गर्नै छाडेको उनले बताइन । खेती गर्यो जंगली जनावरले सवै खाइदिन्छन्, नगरौं आफूले के खाने ? स्थानीयको गुनासो छ । क्षतिपूर्ति माग्दा क्षेतिको एक चौथाइमात्रै राहत पाइने त्यो पनि दर्तावाला जमिनको क्षति भएमा मात्रै निकुन्जले दिने गरेको स्थानीयले बताए । त्यसैले खेति नै बन्द गरेर बजारमा मजदुरी गर्न थालेको स्थानीय चित्रा घर्तीले बताइन् । यतिमात्रै होइन मध्यवर्ती क्षेत्रमा समस्यै समस्या रहेको स्थानीयले बताए ।

जनावरलाई औषधी छ, जनतालाइ छैन
फुर्केसल्लीको आसपासमा जनावरलाई केहि भए निकुञ्जले उपचार गर्छ । तर, जनतालाई केहि भयो भने न निकुञ्जले हेर्छ, न त स्थानीय सरकार । त्यहा सरकारी निकाय भनेको प्राथमिक विद्यालय हो । गाउँमा कसैलाई सामान्य तया ज्वरो आयो भने एउटा सिटामोल समेत पाउदैनन् । एक पत्ता सिटामोल किन्न ३ घण्टा देखि ४ पैदल यात्रा गर्नुपरेको पीडा सुनाउछन्, तिला बुढा ।सुत्केरीलाई ब्यथा लाग्यो भने स्टेचरमा बोकेर गोलटाकुरी, हेकुली स्वास्थ्य चौकीमा पुर्याउनपर्ने बाध्यता रहेको स्थानीय शिक्षक हुकुमबहादुर घर्तीले बताए ।


भौगोलिक विकटा र नजिकमा स्वास्थ्य चौकी नहुदा यस्तो समस्या भोग्न परेको उनले सुनाए । सुत्केरी देखि असक्त विरामीलाई स्टेचरको भरमा ३ देखि ४ घण्टा पैदल यात्रमा उपचार गराउन लग्नुपर्छ, ।
फुर्सेसल्लीमा प्राथमिक उपचारको लागि स्वास्थ्य चौकीको लागि बारम्बार माग गरेपछि कसैले नसुनेको उनले बताए । मान्छेको जीवन सवैभन्दा ठूलो स्वास्थ्य हो, तर, यहाँका नागरिक स्वास्थ्यबाट बञ्चित रहेको घर्तिले बताए ।

मोटरबाटो छ, तर गाडि गुड्दैन
तीन वर्ष अगाडिसम्म फुर्केकसल्ली पुग्नलाइ गोरेटो बाटो प्रयोग गर्नुपथ्र्याे । त्यहाँ पुग्नलाई बुर्केसलाबाट फुर्केसल्ली ३ घण्टादेखि ४ घण्टासम्म लाग्ने गरेको स्थानीयहरु बताउछन् ।


दंगीशरण १ बुर्केसालबाट फुर्केसल्लीको अन्तिम सिमाना (कालिटारा) सम्म पुग्न करिब १० किलोमिटर छ । गाउँपालिका भएपछि ३ वर्ष अगाडि गोरेटो बाटोलाई मोटर बाटो बनाइयो तर, गाडि गुड्दैन, घर्तीले भने, ६ महिना बल्लतल्ल गाडि गुड्छ, ६ महिना पैदल यात्रा नै गर्नुपर्छ । पक्की नाला र कलर्भट नबनाउदासम्म यहाँको बाटोले रुप लेला जस्तो लग्दैन, उनले भने, एक झरी पानी परेपछि बाटो विगिन्छ ।

विद्यालय छ, विद्यार्थी छैनन्
फुर्केसल्लीमा विद्यालयको नाममा प्राथमिक विद्यालय छ । तर, प्रायप्त विद्यार्थी छैनन् । विद्यालयका प्राधानाध्यापक चक्र बहादुर बोहराका अनुसार जम्मा जम्मि २१ जना विद्यार्थी छन् । उनका अनुसार उक्त विद्यालयमा बर्षेनी विद्यार्थी घटिरहेकाछन् । गत वर्ष ३१ जना विद्यार्थी भर्ना भएकाथिए । यसपटक भने २१ जना मात्र भर्ना भएको उनले बताए ।

 

कक्षा ५ सम्म मात्र पढाइ हुनेभएकाले यहाँका अभिभावकहरु यहाँ भर्ना गर्न मान्दैनन्, उनले भने, ६ कक्षामा भर्ना गर्नलाई फेरी हेकुली, गोलटाकुरी जानुपर्ने बाध्यता छ । दुइपाइ घरभएकाले उतै पढाउन लग्नुहुन्छ, त्यहि भएर यता विद्यार्थी घटिरहेको उनले बताए । विद्यार्थी संख्या निकै न्यून छ, विद्यालय मर्ज गर्दिने हो, यहाँ भएका बालबालिका पढाइबाट बन्चित हुने अवस्था छ, प्र.अ. बोहराले भने, अर्काे स्कूल पुग्नलाई कम्तीमा पनि तीन घण्टा पैदल हिड्नुपर्छ, त्यसैले यहाँ थोरै विद्यार्थीलाई पनि पढाउनुपर्ने बाध्यता छ । उनका अनुसार उक्त विद्यालयमा २ बालविकास २ दरबन्दी र १ कर्मचारी सहित ५ जना शिक्षक र शिक्षिका कार्यरत छन् ।

पोल र तार छ, तर विजुली छैन
फुर्केसल्ली गाउँसम्म विजुलीको पोल र तार पुगेको छ, तर विजुली छैन् । अहिले पनि त्यहाँका स्थानीयहरु टुकीको भरमा बस्न बाध्य छ । आर्थिक राम्रो भएकाले सोलार प्रयोग गर्छन्, स्थानीय रनबहादुर घर्तीले भने । त्यहिपनि हिउदको समयमा सोलारले काम गर्दैन, उनले भने । यसैगरी केहीको हातमा मोवाइल छ, तर, नेटवर्क छैन उनले भने ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित