जंग्रार साहित्यिक बखेरीले कापीकलम अभियान चलाउने


सोम डेमनडौरा

नेपालगंज, १ पुस । जंग्रार साहित्यिक बखेरीले कापीकलम अभियान मार्फत पुनः कार्यक्रमको थालनी गर्ने भएको छ । आफ्नो स्थापनाको दिन अवसरमा मंगलबार एक कार्यक्रम आयोजना गरेरे यस्तो अभियान थालनी गर्ने उद्घोष गरेको हो । २०६८ पुस १ गते स्थापना भएको जंग्रार साहित्यिक बखेरीले स्थापना कालदेखि थारुभाषा साहित्यको विकासमा महत्वपूर्ण योगदान गर्दै आएको छ । केहि बर्ष यताको अभियान कम भएता पनि फेरि पनि थारु भाषा, साहित्यको उत्थान र विकासका लागि अभियान सञ्चालन गर्न लागिएको जंग्रार साहित्यिक बखेरीका अध्यक्ष समेम डेमनडौराले जानकारी दिए ।

तस्विरः दीर्घ चौधरी etc etc


जंग्रार साहित्यिक बखेरी स्थापना भए पश्चात थारु समुमदायमा सचेतना स्तरको अभिबृद्धि गर्नुका साथै थारु भाषा र साहित्यका लागि गाउँ गाउँ र शहर शहरमा बिभिन्न खालको कार्यक्रम गर्दै आएको उनले बताए । थारु भाषाका पुस्तक प्रकाशन, रेडियो कार्यक्रम सञ्चालन गर्नुका साथै साहित्य लेखन शिपको विकास गर्न बहसमुलक कार्यक्रम समेत गरिसकेको अध्यक्ष डेमनडौराले जानकारी दिए ।
थारु लेखक तथा साहत्यिकार सुशील चौधरीले जंग्रारकै साहित्यिक अभियानको फलस्वरुप काठमाण्डौं, कैलाली, दाङ्ग लगायत बिभिन्न जिल्लाहरुमा थारु साहित्यको माहोल बनेको र पुस्तक प्रकाशनको बृद्धि भएको बताए । कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका चौधरीले अबका दिनमा यस अभियानले थारु साहित्यकारको संख्या बृद्धिका साथै गुणस्तरीय साहित्य लेखन र भाषिक शुद्धतामा योगदान पुर्याउनका लागि सवैले लाग्नुपर्नेमा जोड दिए । उनले साहित्य लेखन मार्फत सामाजिक रुपान्तरणका लागि कापीकलमको मुख्य भूमिका रहेकोमा अबका दिनमा भाषिक पहिचान स्थापित गर्न लेखन कार्यको थालनी गर्ने सुझाव दिए । यसैगरि कार्यक्रममा थारु पत्रकार संघका अध्यक्ष भगतराम थारुले साहित्यिक अभियान मार्फत थारु भाषा लेखकहरुको संख्या बृद्धि भइ यस क्षेत्रको विकासमा सहयोग पुगेको कुरामा जोडदिए ।
कार्यक्रममा जंग्रार साहित्यिक बखेरीले सुनसरीमा हुन गइ रहेको पाँचौ राष्ट्रिय थारु साहित्य सम्मेलन हुनु अगाडी नै जंग्रार स्मारिका पुस्तक प्रकाशन गर्ने बखेरीका अध्यक्षले जानकारी गराए । सो स्मारिकामा अहिले सम्म बाचन गरिएका गुस्तरिय लेख, कविता, गजल, कथा, निबन्धका साथै बिभिन्न अभियानका फोटो पनि संग्रहित गरिनेछ । कार्यक्रममा, गायक द्धय सुमित्रा चौधरी, राम चौधरी, स्रष्टा सरस्वती चौधरी, बिनोद चौधरी लगायतले आफ्नो मन्तव्य सहित रचना बाचन गरेका थिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित