दंगीशरण रनिङ शिल्ड जारी, माबी मधपुर को अग्रता

लक्ष्मण बस्नेत
तुलसीपुर, १३ फागुन । बिरेन्द्र मा.बि. हेकुलीको खेलमैदानमा जारी दंगीशरण गाउँपालिका स्तरिय दोस्रो तथा १२ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा माबी मधपुर को अग्रता कायमै रहेको छ ।

दंगीशरण गाउँपालिकाको आयोजना तथा बिरेन्द्र माबी हेकुलिकोको संयोजनमा संचालित प्रतियोगिताको दोस्रो दिन सम्म सम्पन्न एथलेटिक्स तर्फका ट्रयाक एण्ड फिल्ड का आठ ईभेन्ट्स मा ५ स्वर्ण, र ४ कास्य पदक हात पार्दै मा.बि. मधपुरले अग्रता कायम राख्न सफल भएको हो ।

त्यस्तै साबिक बिजेता सिद्ध पृथ्वी माबी श्रीगाउँ ४ स्वर्ण,२ रजत र १ कास्य पदक साथ दोस्रो स्थान मा रहदा ज्ञानोदय माबि ४ स्वर्ण,२ रजत पदक का साथ तृतिय स्थान मा रहेको छ भने बिरेन्द्र माबि २ स्वर्ण, ५ रजत र २ कास्य पदक सहित चौथो स्थान मा रहेको प्रतियोगिता का सचिवालय सदस्य प्रदिप चन्द ले जानकारी दिनु भएको छ ।

प्रतियोगिता अन्तरगत बुधबार भलिबल छात्र सेमिफाइनल तथा फाईनल र कबड्डी छात्र /छात्रा फाइनल तथा तृतिय स्थानका लागि खेल हुनेछ्न् । कबडिको छात्र तर्फ ज्ञानोदय माबी र सिद्ध पृथ्वी त्यस्तै छात्रा तर्फ बिरेन्द्र माबी हेकुली र भानु माबी परसडुवा भिड्नेछ्न !खेल बिहान ८ बजे पछि हुनेछ ।

यसैबिच प्रतियोगिता को समापन बुधबार नै गरिने आयोजक दंगीशरण गाउँपालिकाले जानकारी दिएको छ । उसले प्रतियोगिता समापन समारोह मा उपस्थिती का लागि राजनितिक दल, खेलप्रेमी,खेलाडी, पत्रकार लगायत सबैमा अनुरोध समेत गरेको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित