मुक्त कमलरी विकास मंच दाङको अध्यक्षमा रमिता चौधरी

घोराही, ५ कार्तिक । मुक्त कमलरी विकास मंच दाङको अध्यक्षमा रमिता चौधरी निर्वाचित भएकीछिन् । मंगलबार घोराहीमा भएको मंचको ९ औं साधारण सभा तथा चौथो जिल्ला अधिवेशनमा रमिता चौधरीले आफ्नो निकतम प्रतिद्धन्दी जानकी चौधरीलाई ९६ मतले पाछाडी पार्दै अध्यक्षमा निर्वाचित भएको निर्वाचन प्रतिनीधि विनोद कडराले जानकारी दिए ।

उनका अनुसार रमिता चौधरीले ९७ मत र जानकी चौधरीले १ मत प्राप्त गरेकिथिइन् । त्यसैगरि सचिवमा सुशिला चौधरी निर्वाचित भएकिछिन् । सुशिला चौधरीले ८४ मत प्राप्त गरेकिथिइन्, भने उनको निकतम प्रतिद्धन्दी ज्ञानी चौधरीले १० मत प्राप्त गरेकिथिइन् ।

यसैगरि मंचको उपाध्यक्षमा कमला चौधरी, कोषाध्यक्षमा साधना चौधरी र सदस्यमा रामकुमारी चौधरी, सोमति चौधरी, सानु चौधरी सर्व सहमतिमा चयन भएको निर्वाचन प्रतिनीधि विनोद कडराले दंगीशरण खबर डटककलाई जानकारी दिए । उनका अनुसार अधिवेशनले भोली हुने केन्द्रीय अधिवेशनका लागि २१ जना प्रतिनीधि चयन पनि गरेको छ ।

मंचकी अध्यक्ष अमिता चौधरीको अध्यक्षतामा तथा घोराही उपमहानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष खुशिराम चौधरीको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएकोथियो । अधिवशेन उद्घाटन गर्दै प्रमुख अतिथि चौधरीले मुक्त कम्लरीहरुको शसक्तिकरणका लागि र उनिहरुको जिवन स्तरलाई माथि उठाउनकालागि वडा कार्याल र उपमहानगरपालिका तर्फबाट सक्दो सहयोग गर्ने बताएकाथिए । कार्यक्रमा मुक्त कमलरी विकास मंचकी केन्द्रीय अध्यक्ष सुनिता चौधरी, कानुनी सल्लाहकार अधिवक्ता फकला थारु, नायफ नेपालका विनोद कडरा लगायतले शुभकामना दिएकाथिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित