मुक्त कमलरीहरुलाइ नेतृत्व विकास तालिम

घोराही, १० मंसिर । मुक्त कमलरी विकास मंच केन्द्रीय कार्यालयको आयोजना तथा नायफ नेपालको सहयोगमा मुक्त कम्लरी विकास मंचको केन्द्रीय तथा जिल्ला कार्यसमितिका पदाधिकारीहरुलागि ३ दिने नेतृत्व विकास तालिम मंगलबार दाङको घोराहीमा उद्घाटन गरिएको छ ।

मुक्त कम्लरी विकास मंचकी केन्द्रीय अध्यक्ष शान्ती चौधरीको अध्यक्षता तथा नेपाल युथ फाण्डेशनका क्षेत्रिय कार्यक्रम संयोजक मानवहदुर क्षेत्रीको प्रमुख आतिथ्यमा भएको तालिम उद्घाटन कार्यक्रममा बोल्दै क्षेत्रीले मुक्त कमलरीहरु आफ्नो अधिकारका लागि आफै सक्रिय भएर अगाडि बढ्नुपर्ने कुरामा जोडदिएकाथिए । मुक्त कमलरीहरुको आर्थिक, समाजिक, साँस्कृतिक तथा राजनीतिक विकासका लागि स्थानिय तह र सरोकारवालाहरु संग समन्वय सहकार्य गर्नुपर्नेे बताएकाथिए । यसैगरि मुक्त कमलरीहरुको पुनस्थापनाका लागि मुक्त कमलरी विकास मंचका पदाधिकारीहरु आफै क्रियाशिल भई राज्यलाई दबाब दिनुपर्ने उनको भनाइथियो । एफकेडिएफकी सहकारी अधिकृत शिवा चौधरीको स्वागत मन्तव्यबाट सुरुभएको तालिम उद्घाटन कार्यक्रममा नायफ नेपालका परियोजना अधिकृतद्धय फकला थारु, विनोद कडरा लगायतले बोलेकाथिए । ३ दिनसम्म चल्ने तालिममा नायफ नेपालका परियोजना अधिकृत तथा एफकेडिएफका कानुनी सल्लाहकार अधिवक्ता फकला थारुले कानुनी प्रावधान, मुक्त कमलरीहरुको अधिकार, र नायफ नेपालकै परियोजना अधिकृत विनोद कडराले व्यक्तित्व विकास, क्षमता विकास र सस्थागत विकासको विषयमा सहजीकरण गर्ने एफकेडिएफले जनाएको छ । ३ दिनसम्म चल्ने तालिममा ३६ जना पदाधिकारीहरुको सहभागिता रहेको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित