घोराही उपमहानगरमा गठबन्धनको अग्रता कायमै

 

घोराही उपमहानगरपालिका मेयरमा गठबन्धन (नेकपा माओवादी केन्द्र) का हेमराज शर्माले शुरुवाती देखी अग्रता कायम गर्दै आएकाछन ।

शर्माले ३ हजार १ सय ६७ मत ल्याएर अग्रस्थानमा रहेकाछन् । शर्मालाई नेकपा एमालेका नरुलाल चौधरीले पछ्याइरहेकाछन् । चौधरीले २ हजार ७ सय ६१ मत ल्याएर दोस्रो स्थानमा रहेकाछन । चौधरी निवर्तमान मेयर समेत हुन ।

यस्तै उपमेयरमा पनि गठबन्धन (नेपाली काँग्रेस)का भुपबहादुर डाँगी अग्रता कायम गर्दै आएकाछन् । उनले ३ हजार ४ सय ३० मत प्राप्त गरेकाछन् । त्यस्तै नेकपा एमालेका हुमा डिसीले २ हजार ६ सय ५९ मत प्राप्त गरेकाछन् । घोराहीमो १४, १५, १६, १७, १८ र १९ को मत गणना भइहरको छ ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित