तुलसीपुर उपमहानगरको मेयरमा १७५७ र उपमेयरमा ५८०९ मतले एमाले अगाडि

 

तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा एमालेले आफ्नो मतान्तर बढाउदै अग्रता कामय गरेको छ ।

मेयरमा नेकपा एमालेका उम्मेद्वार टीकाराम खड्काले आफ्नो मतान्तर थप फराकिलो बनाउदै लगेकाछन् । उनले आफ्नो निकटम प्रतिस्पर्धी गठबन्धनतर्फबाट नेपाली काँग्रेसको उम्मेद्वार गेहेन्द्र गिरीलाई एक हजार ७५७ मतले पछाडि पारेका छन ।

अहिलेसम्म गणना भएको ४६ हजार २४४ मध्ये खड्काले १९ हजार ६९९ मत ल्याएर अग्रस्थानमा रहेकाछन् । खडकाको प्रतिस्पर्धी गिरीले १७ हजार ९४२ मत प्राप्त गरेकाछन् ।

यसैगरी उपमेयरमा पनि एमालेकी स्यानी चौधरी फराकिलो मतले अगाडिछन् । उनि आफ्नो प्रतिस्प्रधी गठबन्धन तर्फबाट उम्मेदवार बनेका नेकपा एकिकृत समाजवादीका जोगबहादुर रानालाई ५ हजार ८०९ मतले पछाडि पारेकीछन् ।

उनि मतगणना शुरुवाती देखि आफ्नो मतान्तर बढाउदै लगेकीछन् । चौधरीले १९ हजार ११५ मत पाएकीछन् भने रानाले १३ हजार ३०६ मत प्राप्त गरेकाछन् ।

तुलसीपुर उपमहानगरमा कुल मतको ७४ हजार ३९३ मत खसेको छ ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित