लुम्विनीको तीन उपमहानगरमा गठबन्धन अगाडि, कसको मत कति ?

लुम्विनी प्रदेशको चार उपमहानगर मध्ये घोराही, बुटवल र नेपालंजमा मतगणना भइरहेको छ । मत गणना भइरहको तीनवटै उपमहानगरपालिकामा गठबन्धनले अग्रता कामय गर्दै आएको छ ।
घोराही उपमहानगरपालिका मेयरमा गठबन्धन (नेकपा माओवादी केन्द्र) का हेमराज शर्माले ११४१ मत ल्याएर अग्रस्थानमा रहेकाछन् । त्यसैगरी नेकपा एमालेका नरुलाल चौधरीले ९५४मत ल्याएर दोस्रो स्थानमा रहेकाछन ।

उपमेयरमा पनि गठबन्धन (नेपाली काँग्रेस)का भुपबहादुर डाँगी अग्रता कायम गर्दै आएकाछन् । उनले १२२६ मत प्राप्त गरेकाछन् । त्यस्तै नेकपा एमालेका हुमा डिसीले ९१६ मत प्राप्त गरेकाछन् ।

यस्तै बुटवल उपमहानगरमा पनि गठवन्धनकै उम्मेद्वार अग्रस्थानमा रहकोछन् । गठबन्धन(नेपाली काँग्रेसका) खेलराज पाण्डेले ६०३ अग्रता कामय गर्दै आएकाछन् । राप्रपमाका मृगेन्द्र शेरचेनले पछ्यारहेकाछन् । उनले ३०२ मत ल्याएर दोस्रो स्थानमा छन् भने नेकपा एमालेका बाबुराम भट्टराइले २३९ मत ल्याएर तेस्रो स्थानमा छन् ।

यसैगरी उपमेयरमा राप्रपाकी भगवति न्यौपानले ३१९ मत ल्याएर अग्रता कायम गरेकीछन् । त्यस्तै नेकपा एमालेकी सावित्रा अर्यालले २९४ मत ल्याएर दोस्रो स्थानमा रहेकाछन् । गठबन्धन(नेकपा एकिकृत समाजबादी पार्टी) का चिनबहादुर गुरुङले २४३ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् ।

त्यसैगरी नेपालगंज उपमहानगरमा गठबन्धन( नेपाली काँग्रेस) का प्रशान्त विष्टले ३०५ मत ल्याएर अग्रस्थानमा रहेकाछन् । उनलाई एमालेका पशुपति दयाल मिश्रले पछाइरहेकाछन् । उनले ११६ मत प्राप्त गरेर दोस्रो स्थानमा रहेकाछन् । राप्रपका नन्दाल वेश्यले ११२ मतले त्ेस्रो स्थानमा रहेकाछन ।

यसैगरी उपमेयरमा गठबन्ध (जसपा) कै करुद्धिन राइले २१६ मत ल्याएर अग्रस्थानमा छन । उनलाई नेकपा एमालेकी शान्तिदेबी ढकालले पछाइरहेकीछन् । उनले १२२ मत प्राप्त गरेकीछन् । राप्रपाकी विन्दुचर्ति मगरले ९४ मत प्राप्त गरेकीछन ।

 

सन्तोष दहित

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित