निर्वाहमुखी भन्दा व्यावसायिमुखी किसान बन्नमा जोड


नविन चौधरी
दाङ २६ भाद्र । घोराही उपमहानगरपालिकावडा नं १ का वडा अध्यक्ष राममणि पाण्डेयले किसानहरु निर्वाहमुखि भन्दा पनि व्यावसायिमुखी किसान बन्नुपर्ने कुरामा जोडदिएकाछन् । पारस्परीक जवाफदेहिता परियोजना अन्र्तगत स्थानिय सभाको बैठकमाबोल्दै पाण्डेयले किसानहरु आफ्नो खानकालागि मात्रै खेतिपाति गर्नाले आर्थिक स्तर वृद्धि नभएको बताए ।


अहिलेको सरकारसँग कृषि क्षेत्रमा धेरै लगानी भएकोले किसानहरुले हव खेती सुरु गर्नुपर्नेमा कुरामा उनले जोडदिए । मानिसहरु अहिले धेरै अल्छी हुदै गईरहेकोले कृषि क्षेत्रमा सुधार हुन नसेको उनले बताए । घोराही उपमहानगरपालिकाले कृषि क्षेत्रमा सुधार ल्याउनकालागि सिचाई योजनाकालागि लगानी गरिहेकोले यसको समाधान तत्काल सुधारहुनेमा उनले विश्वास दिलाए । त्यस्तै नागरीकबाट आएको गुणासो सम्बोधन गर्दै उनले टेन्डर प्रकृयाका कारण स्वास्थ्य संस्थामा औषधी सहज रुपमा उपलब्ध गराउन नसकेको बताए । रामपुरमा सबैभन्दा धेरै खराब भनेको पानीहो त्यसैले धेरै बिरामीहुने समस्या बढिरहेका कारण १ नं वडामा पनि शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको बताए ।
त्यसैगरी कार्यक्रममा सहभागी नागरीकहरुले शिक्षा क्षेत्रमाशिक्षकको दरबन्दी, पाठ्यपुस्तकको अभाव, शौचालय आदिले गर्दा समस्या बढ्दै गएको गुणासो गरेका थिए । कार्यक्रममा केशवराज पोख्रेल, हिरालाल चौधरी, जगत चौधरी, शिवाडाँगीले शिक्षा, स्वास्थ्य, कृषि तथा जोखिम न्यूनिकरणको समस्याहरुको बारेमा वडा कार्यालयलाई अवगत गराएकाथिए । प्रस्तुतगरिएका समस्याका बारेमा घोराही उपमहानगरपालिका वडा नं १ का वडाअध्यक्ष राममणि पाण्डेय र वडा नं २ का वडा सदस्य यमा पुनले जनताको चाहाना बमोजिम काम गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित