सामुदायिक विद्यालयको समस्या समाधनका लागि आफु तयारः अध्यक्ष चौधरी

दिप्तीशिखा चौधरी
दंगीशरण, १0 भदौ । दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीले गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुमा देखिएकोे समस्या समाधान गर्न आफुहरु तयार रहेको बताएका छन् । गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुले बार्षिक आय–व्याय विवरण गाउँपालिकामा पेश गर्नुपर्ने भन्दै त्यसकै आधारमा गाउँपालिकाले सहयोग गर्ने बताए ।

अध्यक्ष चौधरीले भने–“बिद्यालयले समस्या मात्र देखाउँने समाधान भएका परिणामहरु नदेखाउँने भएकाले बिद्यालयको ब्यवस्थापन सहि ढंगले नभएको हो ।” नि: शुल्क शिक्षा कार्यान्वयनका लागि सरोकारवालाहरु संग अन्र्तक्रियामा अध्यक्ष चौधरीले यस्तो बताएका हुन् । सो अवसरमा अध्यक्ष चौधरीले विद्यालयहरुको सम्पतिलाई उचित ब्यबस्थापन गर्न बिद्यालयका प्रधानाध्यापकहरुलाई आग्रह गरे । बिद्यालयको आर्थिक कुरा फस्टाउँन नसकेकोप्रति चिन्ता ब्यक्त गर्दै अध्यक्ष चौधरीले निजि स्रोतका शिक्षकहरु विद्यालयले आफै मनोमानी ढंगले भर्ना गरेका कारण ती शिक्षकहरुलाई तलब खुवाउन नसकेको बताउदै यस कुरामा बिद्यालयले बेलैमा बुझ्नुपर्ने उनको भनाइ थियो । त्यसगरि चौधरीले बिद्यालयमा चाहिने शिक्षक गाउँपालिकाबाट शिक्षक नियुक्ति गरेर अघि बढेमा गाउँपालिकाले त्यसको ब्यवस्थापन गर्न सक्ने बताएकाथिए ।
कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख बिनोद अधिकारीले अहिले दंगीशरण गाउँपालिकामा रहेका विद्यालयहरु एकिकरण भएमा मात्र निः शुल्क शिक्षा लागु गर्न सकिने बताए । शिक्षाको निती एउटै हुनुपर्ने भन्दै प्रमुख अधिकारीले सामुदायीक बिद्यलयहरुले सार्वजनीक लेखा परिक्षण गर्नुपर्ने बताए । प्राथमिक बिद्यालय संचालन गरेका कारण पनि पछिल्लो समय बिद्यालयको स्थिती खस्किदै गएको उनको ठहर थियो । यसैगरि कार्यक्रममा वडा न. ३ स्थित विरेन्द्र माबि हेकुलीका प्रधानाध्यपपक खिमराज खनालले कक्षा ६ देखि माथिका विद्यार्थीहरुबाट ६० देखि एक सय सम्म परीक्षा शूल्क लिने गरेको बताए । यस्तै वडा नं ६ स्थित सिद्ध पृथ्वी जनता माबि श्रीगाउँका प्रधानाध्यापक हर्कबहादुर बुढाथोकीले अहिले विद्यालयलले परीक्षा शूल्क लिने गरेको बताए । परीक्षा शूल्कसहित प्रत्येक विद्यार्थीबाट ५० रुपैँया देखि १ सय २० रुपैँयासम्म लिने गरेको बताए । यस्तै प्राबि कौवाघारीका प्रधानाध्यापक लक्ष्मण देवकोटाले ३० देखि ६० रुपैँया सम्म परिक्षा शुल्क लिने गरेको बताए । उनले भने— ‘विद्यार्थीबाट संकलन भएको यो रकम हामीले परीक्षाकै लागि खर्च गर्छौ । ‘ बिद्यार्थीहरुबाट शुल्क लिनु गैरकानुनी भएपनि केहि आर्थिक पाटोलाई समाधान गर्नका लागि बाध्य भएर उठाउँन परेको उनिहरुको भनाई थियो ।

समाजमा वातावरणीय शिक्षाको विकास(सीड)को आयोजना तथा आईएम नेपालको सहकार्यमा सोमबार दंगीशरण गाउँपालिकामा भएको निःशुल्क तथा गुणस्तरीय शिक्षाकालागि स्थानीय तह र सरोकारवालासंग अन्तरक्रिया कार्यक्रममा सीडका कार्यक्रम निर्देशक भागीराम चौधरीले कार्यक्रमको उद्धेश्य माथी प्रकाश पार्दै सरकारी विद्यालयलय कुनै पनि वालवालिकाबाट शुल्क लिन नपाउने भनी नेपालको संबिधानमा नै उल्लेख गरेको भएपनि त्यो कार्यान्वयन भने हुन नसकेको बताए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित