नेकपाकी सचेतक चौधरीले भनिन्, -‘चुनावको बेला सुकुमबासी, भुमहिनहरुलाई जग्गा दिन्छौ भन्ने अहिले उनिहरुले जग्गा पाउँदा टाउको दुखाउने ?’

काठमाडौं । सुकुम्वासीलाई जग्गा दिने भन्दा किन हाम्रो टाउको दुख्छ ? चुनावका बेला दिएको वाचा पूरा गर्न हामी किन आनाकानी गर्छौं ? ती गरिबहरुलाई देखेर हामीलाई किन टाउको दुख्छ ? यस्ता प्रश्न उठाएकी हुन् नेकपाकी सांसद् शान्ता चौधरीले । प्रतिनिधि सभामा भूमि विधेयक उपर बोल्दै शान्ताले भनिन्– ०७ सालदेखि नारा दिइयो– जग्गा कस्को जोत्नेको, घर पोत्नेको भन्दै पार्टीहरुले नारा दिए तर जहिले पनि झुक्याए । अहिले पनि झुक्याउने प्रयास भइरहेको छ ।’

भूमि विधेयकले सुकुम्वासी तथा भूमिहीनहरुलाई जमिन दिने व्यवस्था गरेपछि प्रतिपक्ष कांग्रेसले असन्तुष्टि जनाएको छ । त्यसैलाई लक्षित गर्दै शान्ताले जग्गा दिन्छौं भन्दै चुनावका बेला सबै पार्टीले भन्ने गरेको तर झुक्याइएको उनले बताइन् । भूमिहीन समुदायको पीडा दलहरुले नबुझेको पनि उनले बताइन् । विधेयकले जनताको पीडा बुझेको उनले जिकिर गरिन् ।

सुकुम्वासी, भूमिहीन, सर्वहारा श्रमजीवीहरु कुनै एउटा पार्टीका हुँदैनन्, सुकुम्वासी भूमिहीनहरु सत्तापक्षका मात्र हुन् भनेर अहिले भनिँदैछ । यो गलत हो’– उनले भनिन्– ‘भूमिहीन सुकुम्वासीले जग्गा पाउने कामको विरोध नगरौं ।’

उनले भूमिहीनतालाई देशकै सबैभन्दा ठूलो मुद्दा भन्दै विपन्न सर्वहाराहरुको पीडा सबै पार्टीले सम्बोधन गर्नुपर्ने बताइन् । प्रजातन्त्र आयो भने भूमिहीनले जमिन पाउँछ भनियो, गणतन्त्र लोकतन्त्र आएपछि जमिन पाउँछ भनियो, संविधान बन्यो भने जमिन पाउँछ भनियो । अझै कति ढाँट्ने ?’– शान्ताले भनिन् ।

भूमिहीन सुकुम्वासी परिवारको बीचमा गएर उनीहरुको पीडा महशुस गर्न आग्रह गर्दै शान्ताले भनिन्–जुन पीडा त्यो परिवारले भोगेको छ त्यो पीडा आफूहरुले भोग्न परेको भए कस्तो हुन्थ्यो ? सबैले सोंच्न पर्दैन ।’

उनले भनिन्– भोट माग्न हामी सबै त्यो समुदाय बीच पुग्छौं तर आज त्यो समुदायमा सत्तापक्षका मात्र कार्यकर्ता छन् भनेर शंका गर्नु ठिक होइन ।’

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित