सुदूरपश्चिम प्रदेश सरकारले दियो थारु समुदायको महान पर्व अट्वारी र माघीमा सार्वजनिक विदा

धनगढी, २३ साउन । सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको महान पर्व अट्वारी र माघीमा एक/एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेश मन्त्रीपरिषदको साउन ८ गते बसेको बैठकले सो निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचना अनुसार साउन ३० गते रक्षा बन्धन, भदौ १५ गते अट्वारी पर्व, पुस १० गते भुवा पर्व र माघ १ गते माघे संक्रान्तिमा प्रदेश स्तरमा सार्वजनिक विदा दिने निर्णय भएको मन्त्रालयका उपसचिव तेजप्रकाश जोशीद्वारा जारी सूचनामा जानकारी गराइएको छ । यसअघि थारु समुदायले सुदूरपश्चिम प्रदेशमा अटवारी पर्वमा सार्वजनिक विदा पाएका थिएनन् ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित