कोही बाँच्छन् काँडा बिच, कोहिको जीवन फूल भयो बोलको गीत अब म्यूजिक भिडियोमा आउदैँ

कोही बाँच्छन् काँडा बिच
कोहिको जीवन फूल भयो
निर्दयी रहेछौ, छोडेर गयो
खाएको कसम तोडेर गयो
आँशु पिई बाँच्नलाई
जन्म लिुन भुल भयो

बोलको गीत अब म्यूजिक भिडियोमा आउने भएको छ । पुर्व कम्लरी एवं नेकपा संघीय ससंदीय दलकी सचेतक शान्ता चौधरीको शब्दमा रहेको उक्त गीतको छायाँकन सम्पन्न भएको छ । प्रकाश भट्टको निर्देशनमा रेहको म्यूजिक भिडियोमा कृष्णा कार्की, बाल कलाकार सुन्तली चौधरी लगायतले अभिनय गरेकाछन् ।


नेतृ चौधरीले आफुले विगतमा कम्लरी हुदाँको पीडा र त्यो बेलाको अवस्थालाई समेतेर गीतको रचना गरेकिथिइन । लोकप्रिय गायिका अन्जु पन्तको स्वरमा तथा चर्चित संगितकार सन्तोष श्रेष्ठको संगितमा रहेको गीतको छायाँकन दाङ घोराहीको विभिन्न ठाउँमा गरिएको हो ।


भिडियामा जसरी नेतृ तथा पुर्व कम्लरी शान्ता चौधरीले कम्लरी रहदाको पीडा र मालिकले गरेको दुब्र्यवहार र उनको संघर्षलाई समेतर म्यूजिक भिडियोमा उतार्ने कोसिस गरिएको निर्देशक प्रकाश भट्टले जानकारी दिए ।

‘हामीले गीतमा मागेको कथा अनुसार गीतको छाँयाकन गरेका छौ, यो गीत सुन्दा जति पीडादायी छ, त्यस्तै म्यूजिक भिडियो मार्फत जोकोहिले पनि अब कम्लरी, कमैया, बालश्रमिक राख्नु हुदैन भन्ने सन्देश पनि उत्तिकै दिन खोजिएको छ, उनले भने,–‘नेतृ चौधरी जसरी कम्लरी हुदा पीडा भोगिन, अहिले जसरी उलने संघर्ष गरेर यहाँसम्म आइपुगिन्, हो त्यहि भोगाई र संर्घषका कथालाई केहि हदसम्म हामीले समेत्ने प्रयास गरेका छौं ।’

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित