नेपालको संविधान साझा उपलब्धीः प्रदेश सभा सदस्य डाँगी

घोराही, ३ असोज । प्रदेश सभा सदस्य अमरबहादुर डाँगीले नेपालको संविधान साझा उपलब्धी भएको बताएकाछन् । शुक्रबार संविधान दिवसको अवसरमा संविधान दिवस मूल समारोह समितिको आयोजनामा जिल्ला समन्वय समितिको शहिद मञ्चमा भएको कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो कुरामा जोडदिएका हुन । कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका प्रदेश सभा सदस्य डाँगीले नागरिक अधिकार, संवृद्धि र विकासको लागि सबै संबिधानले निर्दिष्ट गरेको गरिसकेकोले यसलाई कार्यान्वयनका लागि सवै निकायबाट लाग्नुपर्ने कुरामा जोड दिए । लामो बलिदानी र संघर्षबाट जनताले बनाएको संबिधानलाई साझा पहलबाटै कार्यान्वयनमा ल्याउनु पर्ने उनको भनाई थियो । यसैबिच उनले संविधान समय सापेक्ष अनुसार परिमार्जन भइरहने भएकाले असतुष्ट पक्षहरुको मागलाई समेतेर अगाडि बढ्ने तयार रहेका बताएकाथिए ।

यसैगरि कार्यक्रममा घोराही उपहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले संविधान कार्यान्वयनकै चरणमा रहेको भन्दै जनताको संबिधान र शासन व्यवस्थाको अनुभुत गराउन बाँकी रहेको उल्लेख गरे । जनतामा संबृद्धी र खुसी ल्याउन आफुहरु प्रतिबद्ध रहेको भन्दै सबैको प्रयासबाट संबिधानलाई कार्यान्वयनको मार्गमा लैजान आबस्यक रहेकोमा जोड दिए ।

जिल्ला समन्वय समितिका प्रमुख जीतमान नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका सचिब शंकर डाँगी, नेकपा सदस्य मनोहर बुढाथोकी, न्यायाधिस रितेन्द्र थापा, प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, महिला मानब अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालकी सचिब लक्ष्मी आचार्य लगायतले बोलेकाथिए । जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण सुदिप गौतमले गरेका थिए ।

औपचारीक कार्यक्रम पूर्ब तुलसीपुर चोकबाट पञ्चेबाजा सहित निकालिएको प्रभात फेरीले बजारको परिक्रमा गरिएको थियो

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित