भोलिदेखि काठमाण्डौ–दाङ–काठमाण्डौं दैनिक दुईपटक उडान हुने

दंगीशरण खवर

साउन, २१ घोराही । भालीदेखि काठमाण्डौं–दाङ–काठमाण्डौको लागि दैनिक दुइपटक हवाई उडान हुने भएको छ ।
यात्रुहरुको चापलाई मध्यनजर गर्दै भोलि साउन २२ गतेदेखि काठमाण्डांै–दाङ–काठमाण्डौंका लागि दिनमा दुइपटक उडान गर्न लागिएको तुलसीपुर उपमहागरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेयले जानकारी दिए । उनका अनुसार यात्रुहरुलाई सहज सुविधा बनाउनका लागि नेपाल एअरलाइन्सको कार्यालय र सवै ट्राभल एजेन्सीबाट सिधै टिकट वुकिङ गर्न सकिने छ । अझ यसलाई प्रभावकारी बनाउनका लागि अनलाइनबाट पनि टिकट बुकिङ गर्ने व्यवस्था भइरहेको उनले जानकारी दिए ।


तुलसीपुर उपमहानगरपालिका १३, टरिगाउँ स्थितमा रहेको विमान स्थालमा विभिन्न कारणले लामो सयम देखि उडान हुनसकेको थिएन । स्थानीय तहको चुनाव पछि जनप्रतिनीधिके पहलमा गत वर्ष २०७५ कार्तिक ३० गते तुलसीपुर उपमहागरपालिका र नेपाल वायुसेवा निगम विच द्रिपक्षिय सम्झौता भएदेखि नियमित रुपम संचालनमा आएका हवाई सेवा सुरुमा हप्ताको दुइपटक, अनि हप्ताको तीन पटक हुदै दैनिक एक पटक उडान गर्दै आएको नेपाल एअरलाइन्सको उडान अहिले अहिले दिनमा दुइपटक उडान गर्न लागिए हो ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित