घोराही, ३ भदौ । प्रदेश ५ सरकारले थारु समुदायको बडका अट्वारी पर्वका अवसरमा भदौ ७ गते सार्वजनिक विदा दिएकाे छ । बुधवार आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै भदौ ७ गते सार्वजनिक विदा भएको जानकारी गराएकाे हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सहसचिव माधवराज मरासिनीले सूचना […]

दंगीशरण गाउँपालिकाको शिक्षा शाखाले आर्थिक बर्ष २०७६/०७७ मा ९३.६ प्रतिशत रकम शिक्षाको क्षेत्रमा खर्च गरेको जनाएको छ । लकडाउनका समयमा धेरै कार्यक्रमहरु संचालन गर्न नसकेको भन्दै आवश्यक कार्यक्रमहरु लकडाउन हुनु पूर्व नै सम्पन्न भएको शिक्षा शाखा प्रमुख विनोद अधिकारले जानकारी दिए । उनका अनुसार पर्खाल निर्माण कार्यक्रम अन्र्तगत ८२ लाख […]

करिब साढे दुई हेक्टर बढी क्षेत्रफल ओगेटेको दंगीशरण दरबारको विकासको काम थारू कल्याणकारिणी सभा दाङको नेतृत्वमा अगाडि बढ्ने सहमति भएसँगै विकासको ढोका खुलेको हो। दाङको दाङ तुलसीपुर उपमहानगरपालिका-११ सुकाराकोटमा रहेको दंगीशरण दरबारले अन्ततः विकासको गति लिने भएको छ।  यसअघि दरबारको विकास कसको नेतृत्वमा र कसरी गर्ने विषयमा सहमति हुन सकेको […]

मानबहादुर क्षत्री २०५६ साल माघको पहिलो हप्ता माघीमा थारू चेलीहरूको किनबेचका लागि मोलमोलाइ भन्ने खबर एक पत्रिकामा छापियो। यो समाचार बालबालिकाको क्षेत्रमा काम गरिरहेको संस्था एफएनसी र नायफको जानकारीमा आयो। लगत्तै संस्थाका प्रतिनिधि सोम पनेरुले कमलरी दासताविरुद्धको अभियान सञ्चालन गर्ने निधो गरे। पत्रिकामा छापिएको समाचारबारे वास्तबिकता बुझ्न दाङको तत्कालीन गोबरडिहा […]

थारु बृहत् शब्दकोष प्रकाशनको अन्तिम चरणमा पुगेको छ । २४ हजार भन्दा बढी मूल शब्द रहेको शब्दकोषमा दाङ उपत्यका र देउखुरी उपत्यकामा बोलिने देउखुरीया र डंगौरा थारु शब्दका अर्थहरू छन्। कोरोनाभाइरसले फैलाएको महामारीका कारण शब्दकोषको प्रकाशनमा ढिलाइ भएको लेखक तथा संकलक उदय आलेले बताए। शब्दकोषले दाङ, देउखुरी, कपिलवस्तु, बाँके, बर्दिया, […]

सरिता चाैधरी घोराही , २२ असार । घोराही उपमहानगरपालिकामा थारु भाषाको पाठ्यक्रम लागु हुने भएको छ । घोराही उपमहानगरपालिकाले स्थानिय भाषामा पाठ्यक्रम निमार्ण गर्ने क्रममा थारु भाषाको पाठ्यक्रम (कक्षा १ देखि ३ सम्म) निमार्ण गर्न लागेको हो । यसैविच आइतवार पाठ्यक्रमको प्रारुपमाथि सरोकारवालाहरु बिच छलफल गरिएको छ । पाठ्यक्रम निमार्णको […]

दंगीशरण, १४ असार । दंगीशरण गाउँपालिका वडा न.५ ले अति विपन्न दलीत परिवारलाई ग्याँस,चुल्हो सहयोग गरेको छ । आईतबार एक कार्यक्रमका बिच उनीहरुलाई ग्यास चुलो वितरण गरिएको हो । वडामा रहेका दलीत वर्गहरु मध्यमा ग्यास चुलो नभएकाहरु लाई मात्र वितरण गरिएको वडा अध्यक्ष दिपक गौतमले जानकारी दिए । आर्थीक बर्ष […]

दंगीशरण, ८ असार । दंगीशरण गाउँपालिकाले कोभिड १९ का कारण विपन्न श्रमिक तथा मजदुरहरुको लागि रोजगारी उपलब्ध गराउँन श्रममुलक प्रविधीको कार्यान्वयन गर्ने भएको छ । कृषि क्षेत्रमा उत्पादन तथा उत्पादकत्वलाई बढाउँदै नागरीकहरुको जिवन स्तरलाई सुधार गर्ने कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने दंगीशरण गाउँपालिकाकाका अध्यक्ष भागीराम चौधरीले बताएकाछन् । सोमवार आर्थिक […]

प्रदेश नं. पाँच सरकारले आर्थिक बर्ष ०७७/०७८ के लागी ३६ अर्ब ३५ करोड २५ लाख बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका मुख्यमन्त्री शंकर पोख्रेलले सोमवार प्रदेश सभा समक्ष बजेट प्रस्तुत गरेकाथिए ।कुल बजेट मध्ये चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार र पूँजिगततर्फ १८ […]

काठमाडौँ, ३१ जेठ । प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाको शनिबारको बैठकले भारतीय अतिक्रमणमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सालाई संविधानको अनुसूची ३ को निसान छापमा राख्ने विधेयक सर्वसम्मतिले पारित गरेको हो । प्रतिनिधिसभामा उपस्थिति २ सय ५८ जना सांसदले संविधान संशोधन विधेयकमाथिको मतदान गरेकाथिए […]

भर्खरै प्रकासित