प्रधानन्यायाधीशको राजीनामा माग्दै कानून व्यवसायीको प्रर्दशन

काठमाडौं, १४ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा गर्दै नेपाल बार एसोसिएशनका कानून व्यवसायीहरुले बार परिषरमा प्रदर्शन गरेको छन् ।

उनीहरुले आजदेखि आन्दोलन कार्यक्रम समेत शुरु गरेको छन् । आन्दोलनको पहिलो दिन आज कानुन व्यवसायीले बिहान एक घण्टा हातमा कालो पट्टी बाँधेर प्रदर्शन गरे । बारको नेतृत्वमा उनीहरुले बिहान १० बजेदेखि ११ बजेसम्म सर्वोच्च अदालतमा विरोध गरेका हुन् ।

बारले प्रधानन्यायाधीश जबराले न्यायपालिकाको गरिमा कायम राख्न नसकेको भन्दै राजीनामा दिएर मार्ग गर्दै आएको छ । बारले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन ५ दिनको समयसीमा दिएको छ ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित