भ्रम र अविश्वासले वढाएको चुनौती

शंकर पाेख्रेल

यतिवेला सबैले जारीभएका स्वास्थ निर्देशनलाई अनिवार्य पालना गर्नसक्दा कोरोना विरुद्धको लडाइ लड्न धेरै सजिलो हुनेछ । सचेत पंक्ति सुरक्षित रह्यो भने विरामीका लागि परिक्षण र उपचार अहिलेकै अवस्थामा पनि सहज हुनेछ । एक जना सकृय व्यक्ति संक्रमित हुनु भनेको औसतमा २०देखि २५ जनासम्मको थप परिक्षण गराउने अवस्था सिर्जना गर्नु हो ।

कोरोना महामारीमा अहिलेसम्म भएको खर्चका वारेमा अविश्वास गर्ने र प्रश्न उठाउने पंक्ति फराकिलो देखिदैछ । यसले परिक्षण र उपचारमा समेत जटिलता पैदा गरिरहेको छ । हो,खर्च पारदर्शी र विधिसम्मत हुनु पर्दछ । त्यसमा कुनै छुट हुन सक्तैन । संकटका समयमा सामान्य अवस्थाको जस्तो प्रकृयामा अल्झने अवस्था पनि छैन । त्यसैले खर्च गर्नेहरु जिम्मेवार बन्ने र वाचडगको भुमिकामा रहेकाहरुले धैर्य गर्ने समय हो यो ।


अहिले जति खर्च भएको छ त्यो संकटको सापेक्षतामा निकै कम हो । सार्वजनिक भएको हिसाव पनि मोटामोटी अनुमान हो । कोरोना परिक्षण र उपचारमा खर्चहुने समय वल्ल सुरुहुदैछ । यतिवेला सरकारले अझै ठुलो खरिद गरेर थप तयारी गर्नुपर्ने छ । अहिलेसम्म संघ, प्रदेश र स्थानिय तहले खर्चको व्यवस्थापन गरेका छन् । खर्च राज्यका स्थायि संरचनावाट हुने हो । वास्तविक खर्च त भुक्तानी भएसंगै सरकारी लेखामा देखिने नै छ । उपचार र परिक्षणमा संलग्नले पाउनुपर्ने जोखिम भत्ता सायद अहिले नै पाइसकेको अवस्था छैन । पछि त्यो जोडिदा अहिलेको खर्च वढ्न पनि सक्छ
अहिले नै खर्च वढि भयो भनेर अविश्वास गर्ने अनि एकघर एक पिसिआर परिक्षण गर्नुपर्छ भन्ने माग आउनु विरोधाभाषपूर्ण देखिन्छ । एक घर एक पिसिआर परिक्षण गर्दा परिक्षणमा मात्रै न्युनतम् ५० देखि ६० अर्व खर्च लाग्न सक्छ । अनि रातारात त्यत्रो खर्चको व्यवस्थापन गर्ने प्राविधिक जनशक्ति र सामर्थ्य हामीसंग छ र ? त्यो असम्भव र अव्यवहारिक कुरा गर्नु हुदैन ।


खर्चको पारदर्शीताका नाममा उठाइएका यस्ता मागले जनसमुदायलाई नै भ्रमित बनाइरहेको छ । परिक्षण र उपचारमा प्रतिकुल असर पुर्याइरहेको छ । हो सम्भव भएसम्म परिक्षणको दायरा वढाउनु पर्छ । प्रदेश सरकारहरुले पनि प्रयास गरिरहेकै छन् । तर विरोध र असहमतीको यो तरिकाले त्यसमा सहयोग पुर्याउदैन भन्ने कुरा सबैले बुझ्नु जरुरी छ।


यतिवेला त सचेत पंक्तिले तथ्यको जगमा उभिएर विश्लेषण गर्न सक्नु पर्दछ । हामी भन्दा शक्तिशाली देशहरुले हामीले चाहेजस्तो मात्रै होइन हामिले गरेजस्तो पनि गर्न किन सकिरहेका छैनन् ? नचाहेर वा गैरजिम्मेवार भएर त होइन होला । त्यसैले यो समय कसैलाई देखाइदिने र लकडाउनको उकुसमुकुसमा रमाइलो गर्ने समय होइन ।


यो समय सबै जिम्मेवार भएर कोरोना विरुद्ध मिलेर संघर्ष गर्ने समय हो । कोरोनाको सबैभन्दा ठुलो उपचार रोग लाग्न नदिनु नै हो । जसले वाहिरी मानिससंगको भेटघाटमा एक मिटरभन्दा वढिको दुरी निरन्तर कायम गर्नसक्छ उ सुरक्षित हुन्छ । घर वाहिर जानुपर्दा मास्क अनिवार्य लगाउने, सार्वजनिक ठाउमा हातले नछुने, छुनुपरेमा सेनिटाइजर गर्नु वा सावुनपानीले मिचिमिचि हातधुनु आवश्यक छ । यतिवेला सबैले जारीभएका स्वास्थ निर्देशनलाई अनिवार्य पालना गर्नसक्दा कोरोना विरुद्धको लडाइ लड्न धेरै सजिलो हुनेछ । सचेत पंक्ति सुरक्षित रह्यो भने विरामीका लागि परिक्षण र उपचार अहिलेकै अवस्थामा पनि सहज हुनेछ । एक जना सकृय व्यक्ति संक्रमित हुनु भनेको औसतमा २०देखि २५ जनासम्मको थप परिक्षण गराउने अवस्था सिर्जना गर्नु हो । थप खर्च वढाउनु हो । संकटको समयमा यस्ता कुरामा पनि ध्यान पुर्याउने कि । 

मुख्यमन्त्री पाेख्रेलकाे फेसवुकवालबाट साभार गरेका हाै‌ ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर १ गते दाङको घोराहीबाट स्थापना भएको यस पत्रिकाले थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई मुख्य उद्देश्य बनाउँदै आएको छ। स्थापनाकालदेखि निरन्तर प्रकाशन हुँदै आएको अग्रासनले थारू समुदायका भाषा, संस्कृति, परम्परा, अधिकार तथा समसामयिक विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित