विपन्नलाई उद्यमशीलता तालिम

घोराही । मुक्तकमलरी विकास मञ्चको आयोजनामा व्यवसाय गरिरहेका र गर्न चाहेका मुक्तकमलरी, हिंसा प्रभावित, पीडित र आर्थिक रुपमा विपन्न महिलाहरुको पहिचान गरी व्यावसायिक क्षमता विकास तथा उद्यमशीलता सम्बन्धी तालिम शुरु गरिएको छ । आईएम नेपालको आर्थिक सहयोगमा दाङमा रहेका लक्षित वर्गका महिलाहरु मध्ये व्यवसाय गरिरहेका र गर्ने सोँच बनाएकाहरुलाई एकै थलोमा राखेर ३० जनालाई ८ दिने तालिम प्रदान गर्न लागिएको हो ।

मञ्चकी कार्यवाहक अध्यक्ष विष्णु चौधरीको अध्यक्षता एवं घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उमबहादुर वलीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी व्यावसायिक शुरुवात तथा सुधार उद्यमशीलता विकास सम्बन्धी उक्त तालिमको उद्घाटन गरिएको छ । सो अवसरमा घरेलु कार्यालयका प्रमुख वलीले सरकारले साना उद्यमी तथा व्यवसायीहरुका लागि दिने सहुलियतमा सहभागी हुन साना व्यवसायी तथा उद्यमीलाई आग्रह गरे ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित