घोराही, ११ असोज । दाङको घोराहीमा बसको ठक्करबाट मोटर साइकल चालकको मृत्यु भएको छ । शनिवार बेलुका घोराही उपमहानगरपालिका वडा नं. १४ दामोदर चोक नजिकै यात्रुबहाक बसले ठक्कर दिदा घोराही १५ निवासी १७ बर्षिया प्रदिप जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दामोदर चोक हुदै तुलसीपुर तर्फ आउँदै […]
ब्यानर
घोराही, ११ असोज । घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले गाउँघर मात्र हैन, विचार र व्यवाहरमा पनि सरसफाइ गर्नुपर्ने कुरामा जोडदिएकाछन् । थारु कल्याणकारिणी सभा क्षेत्र नं. २ दाङले शनिवार घोराही उपमहानगरपालिका वडा नं. ७, सिसहनिया स्थिति नमुना थारु ग्राममा आयोजित सरसफाई तथा वडा दशैको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्वोधन गर्दै मेयर […]
कोहलपुर, ११ असोज । मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश ५ को पर्यटन किासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएकाछन् । नेपाल पत्रकार महासंघ प्रदेश ५ ले शुक्रबार बाँकेको बैजनाथ गाउँपालिकाको गाभर भ्याली होमस्टेमा आयोजना गरेको पर्यटन प्रबद्र्धनमा सञ्चारकर्मीको भूमिका विषयक कार्यक्रममा मुख्यमन्त्री पोख्रलले सम्बोधन गर्दै उक्त कुरा बताएका हुन । मुख्यमन्त्री […]
घोराही, ११ असोज । प्रदेश नं ५ का प्रदेश लोक सेवा आयोगका अध्यक्ष प्रा. डिलाराम भट्टराईलाई घोराहीमा भब्य स्वागत तथा सम्मान गरिएको छ । शुक्रबार घोराहीमा थारु कल्याणकारिणी सभा दाङले एक कार्यक्रम आयोजना गरेर प्रदेश नं ५ का प्रदेश लोक सेवा आयोगका अध्यक्ष प्रा.भट्टराईलाई स्वागत तथा सम्मान गरेको हो । […]
दाङ,११ असोज । परिवार नियोजन सेवा विस्तारका लागि नेपाल स्थित जापानीज दुतावासले नेपाल परिवार नियोजन संघ दाङ शाखालाई एक करोड रुपैया आर्थिक सहयोग गर्ने भएको छ । परिवार नियोजन दाङ शाखाले प्रदान गर्दै आएको प्रजनन स्वास्थ सेवालाई गुणस्तरिय र प्रभावकारी बनाउन परिवार नियोजन सेवालाई एकद्वार प्रणालीबाट उपलब्ध गराउनेदेखि ग्रामीण भेगका […]
घोराही, ६ असोज । घोराही उपमहानगरपालिकाले डेंगु रोग नियन्यन्त्रण गर्नका लागि लामखुट्टे मार्नलाई बिषादी औषधी छर्किन सुरु गरेको छ । केहिदिन यता देशभर लामखुट्टेकै कारणले डेंगु संक्रमण बढ्दै जान थालेपछि लामखुट्टेको बासस्थानको खोजी गरेर घोराहीमा लामखुट्टे मार्नकालाई विषादी औषधी छर्कन सुरु गरिएको उपमहानगरको स्वास्थ्य शाखाका प्रमुख नारायाण घर्तीले जानकारी दिए […]
काठमाडौं, ६ असोज । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टीकापुर घटनाका मुद्दा फिर्ता लिने बारे छलफल भइरहेको बताएकाछन् । आइतबार सुनसरीमा आयोजित जितिया पर्व कार्यक्रममलाई सम्बोधन गर्दै प्रचण्डले रेशम चौधरी लगायत टीकापुर घट्नाको मुद्दा फिर्ता लिने विषयमा छलफल र प्रक्रिया बढिरहेको जानकारी दिए । यो […]
नगेन्द्र चौधरी घोराही, ४ असोज । थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष सन्तोष दहित र केन्द्रीय सदस्य दिप्तीशिखा चौधरीलाई स्वागत, सम्मान तथा बधाई गरिएको छ । हालै चितवनमा भएको संघको केन्द्रीय महाधिवेशनमा जिल्लाबाट प्रतिनीधिगरि केन्द्रीय अध्यक्षमा निर्वाचित भएका दहित र सदस्य चौधरीलाई शनिवार घोराहीमा एक कार्यक्रमको आयोजना गरेर थारु पत्रकार संघ […]
कृष्ण समर्पण अप्न हाकिम से कब्बुकाल ग¥यावा पाईल बाटि ? अप्नक हाकिम छोटिमोटि गल्टि या बिना पट्टक गरईलसे अप्न ह कसिन लाग्ट ? ओसिक ग¥यावा पाईबेर अप्ने रिसले चुरचुर ओ लाल क¥या होजाई ठुईबी ना ? भिट्टर– भिट्टर मुरमुर्याई ठुईबि ओ हाकिम ह कस्के मुकैमुक्का डेनास लागठुई ना ओ कनास […]
घोराही, ३ असोज । प्रदेश सभा सदस्य अमरबहादुर डाँगीले नेपालको संविधान साझा उपलब्धी भएको बताएकाछन् । शुक्रबार संविधान दिवसको अवसरमा संविधान दिवस मूल समारोह समितिको आयोजनामा जिल्ला समन्वय समितिको शहिद मञ्चमा भएको कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो कुरामा जोडदिएका हुन । कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका प्रदेश सभा सदस्य डाँगीले नागरिक […]

