दंगीशरण, ८ असार । दंगीशरण गाउँपालिकाले कोभिड १९ का कारण विपन्न श्रमिक तथा मजदुरहरुको लागि रोजगारी उपलब्ध गराउँन श्रममुलक प्रविधीको कार्यान्वयन गर्ने भएको छ । कृषि क्षेत्रमा उत्पादन तथा उत्पादकत्वलाई बढाउँदै नागरीकहरुको जिवन स्तरलाई सुधार गर्ने कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने दंगीशरण गाउँपालिकाकाका अध्यक्ष भागीराम चौधरीले बताएकाछन् । सोमवार आर्थिक […]
नयाँ पुस्ता
घोराही, ६ दाङ । थारु अगुवाहरुले बालबालिकाको भविष्यसंग जोडेर मातृभाषा पाठ्क्रम बनाउनुपर्नेमा कुरामा जोड दिएकाछन् । शनिवार ख्याल बगालको आयोजनामा भर्चुअल मार्फत भएको मातृभाषा पाठ्यक्रम निर्माण प्रकृया र चूनौति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले सकेसम्म बालबालिकाको रुचि जाग्ने विषयमा प्राथमिक्तामा दिएर थारु भाषाको पाठ्यक्रम तयार गरिनुपर्ने बताएकाहुन । उपप्रध्यापक एवं […]
प्रदेश नं. पाँच सरकारले आर्थिक बर्ष ०७७/०७८ के लागी ३६ अर्ब ३५ करोड २५ लाख बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका मुख्यमन्त्री शंकर पोख्रेलले सोमवार प्रदेश सभा समक्ष बजेट प्रस्तुत गरेकाथिए ।कुल बजेट मध्ये चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार र पूँजिगततर्फ १८ […]
शंकर पोख्रेल मेरो जीवन यात्राः केही संझनावाट यससम्बन्धी एउटा घटनाको उल्लेख गरौं । दिल्लीमा नेपाल–भारतबीचको सम्बन्धका विषयमा एउटा कार्यशाला गोष्ठी भएको थियो । त्यहाँ भारतका परराष्ट्र, जलस्रोत, रक्षा र गृह मन्त्रालयका पूर्वसचिवहरू, नेपालका राजनीतिक नेताहरू, पूर्वसचिवहरू, दुवै देशका बुद्धिजीवी र पत्रकारहरूको उपस्थिति थियो । मैले ‘नेपाल–भारत आर्थिक सम्बन्ध’ विषयमा कार्यपत्र […]
काठमाडौँ, ३१ जेठ । प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाको शनिबारको बैठकले भारतीय अतिक्रमणमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सालाई संविधानको अनुसूची ३ को निसान छापमा राख्ने विधेयक सर्वसम्मतिले पारित गरेको हो । प्रतिनिधिसभामा उपस्थिति २ सय ५८ जना सांसदले संविधान संशोधन विधेयकमाथिको मतदान गरेकाथिए […]
घोराही, ३१ जेठ । घोराही, १७ गुलरिया निवासी महेन्द्र चौधरीले बोयर जातका एउटै बोकालाई दुइ लाख दश हजारमा खरिद गरेर ल्याएकाछन् । पछिल्लो समयमा बोयर जातका बाख्राबाट मनग्य आम्दानी हुन थालेपछि उनले कैलालीबाट उक्त बोकालाई भर्खरै खरिद गरेर ल्याएका हुन् । विगत दुइ बर्षदेखि बोयर जातको बाख्रा पाल्दै आएका चौधरी […]
अर्जुन भण्डारी आहा कति राम्रो लिपुलेकआहा कति राम्रो लिम्पियाधुरा।आहा कति राम्रो नाभि र गुञ्जी बस्तिस्वर्गभन्दा कम कहाँ छन र ?आहा कति राम्रो काली नदीपार्वतीकुण्ड पनि ।सत्य युगमा भगवान शिवलेतण्डव नित्य नाचेको ठाऊँ।आहा कति राम्रो पार्वती सँगमाया पिरती गाँसेको ठाँऊ।नभुल्ना सक्छु म,न सक्लान मेरा सन्तानलेविहान उठ्दा हेर्छु तिमिलाईगुडमोर्निङ लिपुलेक भन्छुतिम्रो पाऊ […]
घोराही, ३० जेठ । थारु कल्याणकारिणी सभा दाङले साविक तुलसीपुर चोकलाई भानुचोक नभइ घोराही चोक बनाउनुपर्ने मागगर्दै नगरप्रमुख नरुलाल चौधरीलाई ज्ञापनपत्र बुझाएको छ । शुक्रवार थाकस दाङका अध्यक्ष भुवन चौधरीको नेतृत्वमा घोराही उपमहानगरपालिका कार्यालयमा पुगेका घोराहीका स्थानीय नागरिकहरुले यसअघि घोराही नगरबाट भएको निर्णयलाई यथावतमा राखेर नगरसभाको निणर्यलाइ छिटो भन्दा छिटो […]
घोराही, २७ जेठ । फोनिज नेपालका केन्द्रीय अध्यक्ष डण्ड गुरुङले पत्रकारिता तालिमले लेखनसंगै नेतृत्व विकासमा पनि उत्तिकै सहयोग पुग्ने बताएकाछन् । थारु पत्रकार संघ नेपालको आयोजनामा भर्चुअल मार्फत तीनदिने आधारभुत पत्रकारिता तालिम समापन कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले पत्रकारितामा लेख्ने र बोल्ने संगसंगै नेतृत्व विकासमा पनि उत्तिकै महत्पूर्ण सहयोग पुर्याउदै आएको […]
घोराही, २५ जेठ । थारु पत्रकार संघ नेपालको आयोजनामा तीनदिने आधारभुत अनलाइन पत्रकारिता तालिम सुरु भएको छ । जारी लकडाउनको समयलाई सदुपयोग गर्दै थारु पत्रकार संघ नेपालले भर्चुअल मार्फत आधारभुत पत्रकारिता तालिमको आयोजना गरेको हो । थारु पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष सन्तोष दहितको अध्यक्षतामा तथा सल्लाहकारद्धय डा. कृष्णराज सर्वहारी, […]

