जन्मदिनको अवसरमा चौधरीद्धारा पत्रकारलाई प्रेस ज्याकेट सहयोग

घोराही, १८ असार । ग्रामिण महिला उत्थान केन्द्रकी केन्द्रीय अध्यक्ष आशमानी चौधरीले आफनो जन्मदिनको अवसरमा पत्रकाहरुलाई ४० ओट प्रेस ज्याकेट सहयोग गर्ने प्रतिवद्धता गरेकी छन् । विहिबार थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष सन्तोष दहितसंग फोनमा कुरा गर्दै यस्तो जानकारी गराएकी हुन् ।


कोभिड १९ को महामारी अग्रभागमा रहेर काम गरिरहेका पत्रकारहरुको हौसला बढाउनका लागि आफुले प्रेस ज्याकेट सहयोग गरेको चौधरी बताइन् । जन्मदिनको अवसरमा फजुल खर्च गर्नुभन्दा केहि सिर्जनात्मक काम गरौं भनेर १२ हजार बराबरको प्रेस ज्याकेट सहयोग गर्न लागेको उनले बताइन् ।


थारु पत्रकार संघ नेपालले कोभिड १९ को महामारीमा पत्रकारलाई रिर्पाेटिङ गर्न सजिलो होस भनेर गत महिनादेखि प्रेस ज्याकेट बनाएर पत्रकारलाई वितरण गर्ने अभियान बनाएको छ । सोहि अभियानलाई थप सहयोग पुगोस भनेर चौधरीले सहयोग गरेकी हुन् । प्रेस ज्याकेट केहिदिनमा प्रिन्ट गरेर हस्तारण गर्ने कार्यक्रम रहेको संघ अध्यक्ष सन्तोष दहितले जानकारी दिए ।

चौधरीले आफ्नो नेतृत्वमा २०५० सालमा ग्रामिण महिला उत्थान केन्द्र सस्था दर्ता गरेर महिला सशक्तिकरण, पछाडि पारिएका आदिवावसी जनजाति, दलित, तथा सीमान्तकृत, बर्गका लागि शैक्षिक कार्यक्रम, जलवायु परिवर्तन, बातावरण मैत्री घर अभियान लगायत दर्जनौ कार्यक्रम समेत संचालन गर्दै आएकिछिन् । दाङको घोराहीमा केन्द्रविन्दु बनाए दाङ, बाँके, सल्यान, रोल्पा लगायत जिल्लामा महिला आर्थिक संसक्तिकरणको लागि कार्यक्रम संचालन गर्दै आएकी चौधरीले विगत बर्षदेखि आफ्नो जन्मदिनको अवसरमा विभिन्न क्षेत्रमा सहयोग गर्दै आएकी छन् ।


यसैविच थारु पत्रकार संघ नेपालको अभियानलाई सफल बनाउनको लागि र यो महामारीको विपत्तीमा पत्रकारहरुको हौसला प्रदानको लागि प्रेस ज्याकेट सहयोग गर्ने घोषणा गरेकोमा सहयोगि दाता चौधरीलाई थारु पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष सन्तोष दहिले धन्यवाद ज्ञापन गरेकाछन् । साथै उनले चौधरीको जन्मदिनको शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य दिर्घायुको कामना सहित उत्तरोत्तर प्रगतिको कामना समेत गरेकाछन् ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित