जमिनको खण्डिकरण हुनबाट रोक्नु पर्ने सरोकारवालाहरुको माग

 

कृषियोग्य जमिनको खण्डिकरण हुनबाट रोक्नु पर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन् । विहिबार घोराहीमा खाद्य अधिकार संजाल दाङ तथा फियान नेपालको आयोजनामा भएको खाद्य अधिकार सवाल पहिचान र नीतिगत बसका लागि अभिमुखिकरण कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन ।

कृषियोग्य जमिनलाई खण्डिकरण गर्नबाट नरोकिए भविष्यमा भोकमरीको समस्या हुने भएकोले कृषियोग्य जमिनको खण्डिकरणबाट रोक्नुको लागि राज्य ठोस कानुन र नीति बनाउनुपर्ने बताएका हुन । यसैगरि जिल्लामा पछिल्लो समयमा बजारमा आखाद्य्य वस्तुको मिसावत, काला बजारी, मंहगी अभाव भइरहेका भन्दै त्यसलाइ नियन्त्रण गर्नको लागि स्थानीय प्रशासनले अनुगमन गर्नुपर्ने उनिहरुको माग थियो । त्यसैगरि कृषकलाइ आवश्यक मल, विउ, कृषि औजार, विमा र सिचाइको उचित व्यवस्थापनको लागि राज्यले ध्यान दिनुपर्ने बताएका थिए ।

खाद्य अधिार संजाल दाङकी अध्यक्ष हुमा डिसीको अध्यक्षतामा भएको कार्यक्रममा मानव कल्याण तथा वातावरण केन्द्रका पुर्व अध्यक्ष श्रीमन न्यौपाने, राष्ट्रिय कृषक समुह महासंघका अध्यक्ष खुशल घिमिरे, इन्सेक दाङका प्रतिनीधि विनोद केसी, मानव अधिकार एलाइन्स दाङका अध्यक्ष विकिरण गौतम, सिसा नेपालकी अध्यक्ष साजिदा सिद्दिकी, अधिवक्ता मौसम आचार्य, सरोकार समितिका बसन्त कुमार घिमिरे लगायतले बोलेका थिए । कार्यक्रमको विषयमाथि फियान नेपालका कार्यक्रम संयोजक सुरेश कुमार गौतले प्रकाश पारेकाथिए भने कार्यक्रमको सहजिकरण पत्रकार सन्तोष दहितले गरेका थिए ।

यसैगरि अभिमुखिकरण कार्यक्रममा जग्गा खण्डिकरणको अध्ययन र अनुसन्धानको लागि मानवअधिकारकर्मी विनोद केसी, पत्रकार सन्तोष दहित, छवि पुरी, सपना बोहरा र चन्द्रप्रकाशलाई जिम्मेवारी दिएको छ । त्यसैगरि जिल्लामा बातावरण प्रदुषको विषयमा भरत देवकोटा, श्रीमण न्यौपाने, सिचाई र विमाको विषयमा खुशल घिमिरे, कानुनी विषयमा अधिवक्ता मौसम आर्चाय र मानव अधिकारको विषयमा विनोद केसी, देवका खनाललाई अध्ययन अनुसन्धान गर्ने जिम्मेवारी दिएको संजालकी अध्यक्ष हुमा डिसीले जानकारी दिइन ।

खाद्य अधिकार जिल्ला संजाल अध्यक्षमा पुनः डिसी
यसैविच खाद्य अधिकार जिल्ला संजाल समिति दाङको जिल्ला कार्यसमितिको पुन गठन गरिएको छ । संजालको पुन गठनमा अध्यक्षमा हुमा डिसीलई चयन गरेको छ । विहिबार बसेको वैठकले डिसीलाई पुनःअध्यक्षमा चयन गरेको हो । संजालको उपाध्यक्षमा विनोद केसी, महासचिवमा मणिराम आचार्य (मौसम), सचिवमा सन्तोष दहित र कोषध्यक्षमा शुलोचना शर्मा चयन भएकाछन् । यसैगरि सदस्यमा श्रीमन न्यौपाने, देवका खनाल, रेणु सिंह, भरत देवकोटा, बसन्त घिमिरे, छवि पुरी, चन्द्रप्रकाश नेपाली, खुशल घिमिरे, सपना बोहरा र रंजिता शर्मा रहेकाछन् । त्यसैगरि संजालको सल्लाहकारमा केशब कुमार शर्मा, साजिदा सिद्दिकी, दुर्गालाल केसी, नारायण भुसाल, शरद अधिकारी र विकिरण गौतमलाइ चयन गरिएको संजालका महासचिव आचार्यले जानकारी दिए ।

 

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित