दाङ देउखुरी/गढवा गाउँपालिका–७, घोरहा, दाङ देउखुरीका सुरेश चौधरीले विद्यावारिधि उपाधि हासिल गरेकाछन् । पर्वतीय प्रकोप तथा वाताबरणीय अनुसन्धान संस्थान, चिनिया विज्ञान एकेडेमीको विश्वविद्यालय (युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्स), छेन्दु, चीनबाट भौतिक भूगोल बिषयमा उहाँले सफलतापूर्वक विद्याबारिधि प्राप्त गरेका हुन् । उनले “नेपालको पर्वतीय क्षेत्रमा खेतीयाग्य जग्गाको बाँझोपना, त्यसले निम्त्याएका […]

बुटवल, १६ जेठ । मुख्यमन्त्री शंकर पोखरेलले कोभिड—१९ महामारी नियन्त्रण र त्यसपछि श्रृजना हुने अवस्थाको व्यवस्थापन गर्ने गरी सरकारले काम अघि बढाएको बताएकाछन् । उनले प्रदेश सरकारको आगामी वर्षको बजेट यहि विषयमा केन्द्रित हुने गरी आउने बताए । प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै मुख्यमन्त्री […]

काठमाडौं, १६ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा १७० संक्रमित थपिएकाछन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या एक हजार २१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमित हुनेमा झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, म्याग्दीका १, बाँकेका १०, नवलपरासी बर्दघाटका २, कपिलवस्तुका ५१, रौटहटका […]

घोराही, १६ जेठ । विगतमा पश्चिम नेपालको थारु समुदायमा प्रचलनमा रहेको कमलरी प्रथामा बनेको चलचित्र लावाजुनी विहिबार युटुवमा रिलिज भएको छ । सञ्चारकर्मी केएल पीडितले निर्माण/निर्देशन गरेको यो चलचित्र उत्सर्ग नेपालको युटुब च्यानलबाट रिलिज भएको हो । २०७५ सालमा निर्माण भएको चलचित्र ‘लावाजुनी’ले कमलरी प्रथाको शिकार भएका थारु बालिकाहरुको कथाव्यथा […]

घोराही, १४ जेठ । दाङमा बुधबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै दाङमा संक्रमितको संख्या १८ पुगेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परीक्षणमा घोराहीमा ७ र लमहीमा ८ गरि १५ जनामा कोरोना संक्रमण देखिएको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका […]

तुलसीपुर, १४ जेठ । जिल्लाको एकमात्र धरोहर दंगीशरणको दरवार सुकौराकोटको इतिहास वोकेको दंगीशरण दरबार भित्र वर्ड गार्डेन पार्क निर्माण भइरहेको छ । पुरातात्विक तथा प्रागऐतिहासिक महत्व वोकेको तुलसीपुर उपमहानगरपालिका ११ सुकौरा स्थित थारु राजा दंगीशरणको दरवार भित्र वर्ड गार्डेन पार्क निर्माण गर्न लागिएको हो । थारु समुदायको ऐतिहासिक स्थलको रुपमा […]

घोराही, १२ जेठ । नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ६ सय ७५ पुगेको हो । सोमवार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमामा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको अनुसार धनुषा, कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सुनसरी, बर्दिया, बाँके र […]

वि.सं. १८७१ देखि १८७३ सम्म तदनुसार सन् १८१४ देखि १८१६ सम्म भएको नेपाल–अंग्रेज बीचको युद्धमा पनि तराईका थारुहरुको ठूलो योगदान गरेको विषयवस्तु लिखित दस्तावेजको रुपमा प्रकाशन भएको छ । त्यस युद्धमा थारु समुदायले निर्वाह गरेको राष्ट्रवादी र देशभक्तिपूर्ण भूमिकाको कदर गर्दै गिर्वाणयुद्धविक्रम शाहले तराईका थारुहरुलाई प्रदान गरेको लालमोहर साक्षी छ […]

घोराही, ८ जेठ । दाङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घोराही उपमहानगरपालिका वडा नं. ३ निवासी ३७ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलास प्रसाद देवले जानकारी दिए । उनका अनुसार विहिबार पीसीआर जाँच गर्दा उनिमा कोरोना संक्रमण पुष्टि […]

घोराही, ८ जेठ । झापामा ८ र रुपेन्देहीमा १ गरि विहिबार फेरी थप ९ जनामा कोरोनो संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाको अनुसार झापामा ८ जना पुरुष र रुपन्देहीका १ पुरुषमा संक्रमण देखिएको हो । उनका अनुसार रुपन्देहीका २७ वर्षीय पुरुषमा हुन । त्यसैगरि झापाका १७ […]

भर्खरै प्रकासित