सुरेश चौधरीलाई विद्यावारिधि


दाङ देउखुरी/गढवा गाउँपालिका–७, घोरहा, दाङ देउखुरीका सुरेश चौधरीले विद्यावारिधि उपाधि हासिल गरेकाछन् ।


पर्वतीय प्रकोप तथा वाताबरणीय अनुसन्धान संस्थान, चिनिया विज्ञान एकेडेमीको विश्वविद्यालय (युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्स), छेन्दु, चीनबाट भौतिक भूगोल बिषयमा उहाँले सफलतापूर्वक विद्याबारिधि प्राप्त गरेका हुन् । उनले “नेपालको पर्वतीय क्षेत्रमा खेतीयाग्य जग्गाको बाँझोपना, त्यसले निम्त्याएका सामाजिक तथा वाताबरणीय जोखिम र त्यसको दिगो व्यबस्थापन” सम्वन्धि अध्ययन अनुसन्धान गरेकाथिए ।

विगत केही बर्षदखि नेपालमा खेतीयोग्य जग्गाको बाँझोपना हुने क्रम बढ्दै गएको उहाँको अध्ययन अनुसन्धानले नेपालको सामाजिक आर्थिक तथा बाताबरणीय व्यवस्थापन बिकासमा पनि सहयोग पु¥याउने आशा गरेकाछन् ।


चिनिया विज्ञान एकेडेमीको विश्वविद्यालय (युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्स) र विज्ञानको विश्व एकेडेमी (Chinese Academy of Sciences – The World Academy of Sciences) को पूर्ण छात्रवृतिमा अध्ययन शुरु गरेका डा. चौधरीका बैज्ञानिक तथा अनुसन्धानमूलक लेख रचनाहरु विभिन्न राष्ट्रिय/अन्तराष्ट्रिय जर्नलमा प्रकाशित छन् । उनी अढ्ययन पहिले भूकम्प प्रविधि राष्ट्रिय समाज, भैसेपाटी, ललितपुरमा कार्यरत थिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित