चाडपर्व लक्षित सुरक्षामा कडाई , मातहतका प्रहरीलाई सक्रिय रुपमा खटिन एसपी वलीको निर्देशन

दीपक वली

चाडपर्व लक्षित अपराध रोक्नलाई दाङमा प्रहरीले बिशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । बडा दशै, दिपावली र छठ पर्व लाई मध्य नजर गर्दै जिल्लाको शान्ति सुरक्षा लगायत ट्राफिक व्यवस्थापनको लागि जिल्ला प्रहरी कार्यालय दाङले सुरक्षामा कडाई गर्ने भएको हो ।

जिल्ला प्रहरी कार्यालय दांगका प्रमुख प्रहरी उपरिक्षक एसपी वीर बहादुर वलीले चाडपर्वमा हुन सक्ने बिसंगति, विकृति विरुद्ध सुरक्षामा कडाइ गर्ने बताए। उनले चाडपर्व अबधीभर जिल्लामा १ हजार १ सय बढि प्रहरी परिचालन जानकारी दिए। प्रहरीले नेपाल भारत सिमा नाका कोइलाबास , भौवा लगायतका नाकाहरुमा कडा चेकजाँचको व्यवस्था गरी अवैध गतिविधि रोक्ने एसपी वली बताए ।

प्रत्येक प्रहरी ईकाईमा प्रहरी टोली (क्युआरटि) को रुपमा राखी परिचालन गर्ने व्यवस्था मिलाएको एसपि वलीले बताए। चाडपर्वको समयमा बढी पटका, प्र्रयोग हुने भएको र आतंक फैलाउने भएकाले सो को नियन्त्रणमा पनि प्रहरी कडाईका साथ प्रस्तुत हुने वलीको भनाई छ । चाडपर्वमा जुवा लाई नियन्त्रण गर्न प्रहरीले सादा पोशाकका प्रहरी परिचालन गर्ने योजना ल्याएको छ ।

यस्तै जुवा, चन्दा लगायतका गतिविधिहरुको गोप्य रुपमा सूचना संकलन गरि कार्यवाहीको दायरामा ल्याउने उनले बताए । त्यसैगरी लुम्बिनि प्रदेशको स्थायि राजधानिमा पर्ने भालुवाङ अमीलिया राजमार्ग लक्षित गरि रातीको समयमा गश्ती बढाउने योजना रहेको पनि उनले जनाए । बन्द रहने सरकारी कार्यालय, तथा संघ–सस्थाका सुरक्षा गार्ड र कार्यालय सहयोगीहरु संग समन्वय सहितको सुरक्षा व्यबस्था पनि मिलाईने भएको छ । प्रहरीका बिभिन्न युनिटहरुले विगतमा आ–आफ्ना एरियामा घटेका घटनाहरूलाई मध्ये नजर राखी पैदल, साईकल, मोटर साईकल र गाडी गस्ती परिचालन गरिने भएको छ ।

घोराही , तुलसीपुर र लमहि र भालुवाङ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । यस्तै बिभिन्न मठ मन्दिर, पुजा अर्चना गर्ने स्थान, दुर्गाको मूर्तिहरु ल्याउने र बिर्सजन गर्ने समयमा सुरक्षा ब्यवस्था मिलाइने छ । त्यस्तै तिहारमा राती १० बजेसम्म मात्र देउसी भैलो खेल्ने समय निर्धारण गरिएको एसपी वलीले जानकारी दिए। यस्तै चार्डपर्वको समयमा बढि भिडभाड हुने बजारमा पैदल गस्ति, मोवाईल गस्ति गरी बिभिन्न प्रकारका अपराधीक कृयाकलापहरु विरुद्ध प्रहरी परिचालन गरिने पनि दाङ प्रहरीको योजना छ ।

यस अतिरिक्त चाडपर्व लक्षित अपराध बढन् सक्ने भएकोले नागरिकलाई पनि चनाखो हुन प्रहरीले अपिल गरेको छ । गाँउ बस्तिमा हुने बिभिन्न खालका घटनाको बारेमा प्रहरीको निशुल्क सम्पर्क नम्बर १०० मा सम्पर्क गरेर सहयोग गर्न समेत अनुरोध गरेको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित