माघ महोत्सवको तयारी तिब्र, महोत्सवलाई भब्य बनाउनको लागि १० उपसमिति परिचालन

 

घोराही, २१ पस । माघ महोत्सवलाई भब्य बनाउनको लागि भुवन चौधरीको संयोजकत्वमा ५१ सदस्यीय महोत्सव मुल आयोजक समिति गठन गरिएको छ । मंगलबार घोराहीमा भएको थारु संघ सस्थाहरुको संयुक्त भेलाले थारु कल्याणकारिणी सभा दाङका सभापति समेत रहेका चौधरीको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको हो । त्यसैगरी समितिको प्रवक्ताको जिम्मेवारी सभाको सचिव प्रकाश चौधरीलाई जिम्मेवारी दिएको छ ।

यसैविच यहि पुस २७ र २८ गते घोराहीमा हुने माघ महोत्सवलाई भब्य र सभ्य बनाउनको लागि १० वटा उपसमितिहरु गठन गरेर परिचलान गरिएको मुल आयोजक समितिका संयोजक भुवन चौधरीले अग्रासन खवरलाई जानकारी दिए । उनका अनुसार लक्ष्मिमान चौधरीको संयोजकत्वमा साँस्कृतिक उपसमिति गठन गरिएको छ । जसको सदस्यमा बसन्ती चौधरी, श्रीनारायाण चौधरी, अनिल चौधरी, सवि थारु र शालिकराम चौधरी रहेका छन् । त्यसैगरि भुवन चौधरीको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरिएको छ । जसको सदस्यमा कुलविर चौधरी, तेजमान चौधरी, विकास चौधरी, रामपति चौधरी र भरत चौधरी रहेकाछन् । यसैगरि रामपति चौधरीको संयोजकत्वमा पहुना सत्कार उपसमिति गठन गरिएको छ । जसको सदस्यमा शान्ता चौधरी, कुमारी चौधरी, दुर्गाप्रसाद चौधरी र ढुकिराम चौधरी रहेकाछन् ।

त्यसैगरि सन्तोष दहितको संयोजत्वका प्रचारप्रसार उपसमिति गठन गरिएको छ । जसको सदस्यमा नविन चौधरी, निता चौधरी, लक्ष्मिान चौधरी, श्रीराम दहित र सविता चौधरी रहेकाछन् । यसैगरि दिपक नारायण चौधरीको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ । जसको सदस्यमा अशोक चौधरी, बसन्ती चौधरी, सवि थारु, प्रेम चौधरी रहेकाछन् । यसैगरि भुवन चौधरीको संयोजकत्वमा यातायात उपसिमित, भरत चौधरीको संयोजकत्वमा स्वास्थय उपसमिति, अशोक चौधरीको संयोजकत्वमा स्वंसेव परिचालन समिति, प्रकाश चौधरीको संयोजत्वमा ¥याली व्यवस्थापन उपसमिति समिति र प्रणव चौधरीको संयोजत्वमा सम्पर्क समन्वय उपसमिति गठन गरिएको मुल आयोजक समितिका संयोजक चौधरीले अग्रासन खबरलाई जानकारी दिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित