नेकपा (एमाले) घोराही ४ को अध्यक्षमा गुरुङ

नेकपा (एमाले) घोराही उपमहानगरपालिका वार्ड नं ४ को अध्यक्षमा बामदेव गुरुङ चयन भएका छन् । शनिवार गोग्लीमा भएको भेलाले गुरुको नेतृत्वमा ६९ सदस्यी वार्ड संगठन कमिटी विस्तार गरिएको नेकपा एमाले घोराही उपमहानगरका अध्यक्ष भुवन चौधरीले जानकारी दिए । उनका अनुसार संगठनको सदस्य सचिवमा विमल सुवेदी रहेका छन् ।

यसैगरि वडा भेलाले शान्ता गौतम अध्यक्ष र अमिता पाण्डे सचिव रहेको ४३ सदस्यिय अनेमसंघ गठन गरेको छ । त्यसैगरि कोमल विक अध्यक्ष र शिशिर शर्मा सचिव रहेको ४३ सदस्यीय युवा संघको चयन गरेको छ ।

पार्टीको संगठन पुनर्गठीत पदाधिकारी सदस्यहरुलाई बधाइ एवं शुभकामना दिदै नेकपा एमाले जिल्ला उपाध्यक्ष राममणी पाण्डेले एमालेकाे नेतृत्वमा मात्र देशमा समृद्धि आउने बताएका थिए । कार्यक्रमकाे प्रमुख अतिथिसमेत रहनु भएका पाण्डेले हाम्रो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले काम गरेकाे देखेर विपक्षीहरू अत्तालिएकाे बताए । गाउँदेखि शहरसम्मकाे विकाशकाे लहर आएको छ, त्यो काम देखेर अर्काे चुनावमा फेरी पनि हारिन्छ भन्ने डरले बहुमतकाे सरकारलाइ गिराउने काम गरेपनि त्याे तागत कसैमा नआउने उनकाे दाबी थियाे ।

नेकपा एमाले घोराही ४ का वडा अध्यक्ष मुनाल घिमिरेको अध्यक्षता भएकाे कायक्रममा नेकपा एमाले घोराही उपमहानगरका अध्यक्ष भुवन चौधरी, सचिव इन्द्र बिसी लगायतले बाेलेकाथिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित