प्रदेश सरकारद्वारा प्रदेश ५ मा माघ पर्वको दुई दिन विदा

घोराही, २२ पुस । प्रदेश न. ५ को सरकारले माघ १ र २ गते माघ पर्वको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको वैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्रिपरिषदको बैठकमा भएको निर्णय सुनाउदै मन्त्रिपरिषद्को प्रवक्ता बैजनाथ चौधरीले आगामी माघ १ र २ गते माघे सक्रान्ति मनाउनको लागि प्रदेश ५ मा बिदा दिएको जानकारी दिए । गत वर्ष पनि प्रदेश ५ ले माघ पर्वको अवसरमा २ दिन बिदा दिएको थियो ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित