बरु दिनमा एक छाकमात्र खाऔं तर जसरी पनि कोरोनाबाट बचौं

सरस्वती सुब्बा
यो समय संकटको समय हो । अहिले देश संकटमा छ । जनता संकटमा छन् । परिवार अनि ब्यक्ति अहिले निकै नै त्रासित देखिन्छन् । रोगले हरेक ब्यक्तिलाई त्राही त्राहिको अबस्थामा राखेको छ । भोक एकछाक एकदिन एकहप्ता टार्न सकिन्छ तर एक ब्यक्ती बाट अर्को ब्यक्तिमा सर्ने रोग माथि कसैले हेल्चेक्राइ गर्न सकिदैन । त्यसैले त अहिले हामी जहाँ छौं । जस्तो अबस्थामा छौं त्यहीँ नै आफ्नो स्वास्थ लाभको कामना आफ्नो लागी आफै गर्दैछौ । केवल आफ्नो लागी अर्काको लागी कामना होइन आफ्नो लागी ।

कोरोना भाइरसबाट बच्नका लागि हामी जहाँ छौ त्यहीँ बसौं आफ्नो र आफ्नो परिवार समाजको स्वास्थ्यको ख्याल गरौं ज्यान रहे मात्रै देश रहन्छ । एकदिन भोको हुँदैमा ज्यान जादैन तर महामारीले छोयो भने ज्यान रहदैन ।

कोरोना भाइरस भाइरसहरुको महाभाइरस हो भन्दा खास फरक नपर्ला त्यसैले गर्दा पनि आज शक्तिशाली देशहरु अमेरिका,चाइना,बेलायत,क्यानेडा, जापान,अष्ट्रे लिया जसले बिश्वलाई आफ्नो शक्तिको आभास देखाउदा देखाउदै कोरोनाले त्रासित बनाइरहेको छ दिनदिनै यति ब्यक्तिको मृत्यु भयो यति ब्यक्तिहरु संक्रमित भए भन्ने अखबारमा सुन्न देख्न पाइन्छ । शक्ति र पैसाले मात्रै रोग जित्न सकिदैन भन्ने गतिलो उदाहरण देखिएको छ ।

हामी कल्पना पनि गर्न सक्दैनौं इटाली जस्तो अवस्था यहाँ आयो भने के हुन्छ । अमेरिका जस्तो दिनदिनै संक्रमण बढ्दै गयो भने हामी कसरी जोगिन्छौं । चाइना जस्तो भयावह अवस्था आयो भने हामी साच्चिकै सामना गर्न तयार छौं । हामी कामना गरिरहेका छौँ ता कि त्यो दिन कहिले नआओस् आयो भने हामी धेरै गरीब किसानहरु यो संसार बाट बिदा हुन खास समय लाग्दैन त्यसैले हामी हाम्रो लागी कामना गर्छौ आफ्नो स्वास्थको खाल आफै राखिरहेका छौं जहाँ छौ जस्तो अवस्थामा छौं त्यहीँ बसिरहेका छौं ।

नेपाल सरकारले आफ्नो नागरिकलाई स्वास्थ राख्न कुनै कसर बाकी राखेको छैन तर पनि संक्रमितहरुको संख्या थपिएको छ । नेपालमा नेपालीहरु कोरोना संक्रमित भएर मृत्यु भएको खबर अहिलेसम्म सुन्नपरेको छैन । सुन्न्न पनि नपरोस् त्यसै कारण हामी जहाँ छौं केहि दिन त्यही स्थानमा नबस्ने हो भने हामी पनि साच्चिकै महामारीमा नपरिएला भन्न सकिदैन । सरकारले तेस्रोपटक लकडाउनको समय थप गरिसकेको छ । आफ्ना नागरिक सुरक्षीत रहुन भन्ने संकल्प सरकार लिइरहेको छ । हामी नागरिकले सरकारको कदमलाई स्वागत गर्नुपर्छ ।

कामना गरौं नेपालमा कोरोना संक्रमित भएर नेपालीहरुको मृत्यु भयो भन्ने खबर सुन्न्न नपरोस् ।कोरोना भाइरसबाट बच्नका लागि हामी जहाँ छौ त्यहीँ बसौं आफ्नो र आफ्नो परिवार समाजको स्वास्थ्यको ख्याल गरौं ज्यान रहे मात्रै देश रहन्छ । एकदिन भोको हुँदैमा ज्यान जादैन तर महामारीले छोयो भने ज्यान रहदैन । हुलमुलमा ज्यान जोगाउनु अनिकालमा बीउ जोगाउनु भन्ने उखानलाइ बिचार गरौं ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित