मैत्रिपूर्ण फुटबलमा थाकस प्रथम

घोराही, २५ असोज । थारु कल्याणकारिणी सभा दाङ, थारु पत्रकार संघ दाङ र राष्ट्रिय थारु कलाकार मंच दाङ विच मैत्रिपुर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । दशै, तिहार तथा छठ पर्वको अवसरमा शनिवार घोराहीको भरतपुर मैदानमा भएको मैत्रिपूर्ण फुटबल प्रतियोगितामा थारु पत्रकार संघ दाङ र राष्ट्रिय थारु कलाकार मंचलाई पराजित गर्दै थारु कल्याणकारिणी सभा दाङ प्रथम भएको हो । राष्ट्रिय थारु कलाकार मंचको टिमलाई ५–२ गोलले पाखा लगाउदै थारु कल्याणकारिणी सभा प्रथम भएको थियो ।


पहिलो चरणमा थारु पत्रकार संघको टिमलाई ३–२ गोलले पराजित गर्दै राष्ट्रिय थारु कलाकार मंचसंग भिडेको थारु कल्याकारिणी सभाले ५–२ गरेकोथियो । १-१ घण्टाको विचमा भएको मैत्रिपुर्ण फुटबल प्रतियोगितमा गोलको हिसावले थारु कल्याणकारिणी सभा प्रथम, थारु पत्रकार संघ दितृय, राष्ट्रिय थारु कलाकार मंच तृतीय भएको रेफ्री प्रयाप्त चौधरीले घोषणा गरेकाथिए । थारु कल्याणकारिणी सभाको टिमको टर्फबाट सभा अध्यक्ष भुवन चौधरी, थारु पत्रकार संघको तर्फबाट संघको केन्द्रीय अध्यक्ष सन्तोष दहित, थारु कलाकार संघको टर्फबाट संघका अध्यक्ष शालिकराम चौधरीले नेतृत्व गरेकाथिए ।

स्वास्थ्यको लागि खेलकुद आवश्यकः चौधरी
यसैविच मैत्रिपुर्ण फुटबल प्रतियोगिताको उद्घाटन गर्दै थारु कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चुर्णबहादुर चौधरीले स्वास्थ्यको लागि खेलकुद अति आवश्यक रहेको बताएकाथिए ।

मानव जिवनको लागि खेलकुद अति महत्वपूर्ण रहेको बताउदै चौधरीले स्वास्थ्यका लागि पनि हरेक मान्छेले आ–आफ्नो रुचि अनुसार खेलकुद खेल्नुपर्ने बताए । थारु समुदाय अन्य खेलकुदमा अगाडि भएपनि फुटवल खेलमा अगाडि आउन नसेको बताउदै चौधरीले अब फुटबल खेलमा पनि अगाडि सर्नु पर्ने कुरामा जोडदिएकाथिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका चौधरीले रेफ्री प्रयाप्त चौधरीलाई फुटवल हस्तान्तरण गरेर मैत्रिपूर्ण फुटबलको उद्घाटन गरेकाथिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित