थारु समुदायको एउटै आवाज : ‘अध्यादेश कार्यान्वयन हुनुपर्छ, रेशम चौधरी छुट्नुपर्छ’

नविन चौधरी

टीकापुर घटनामा दोषी ठहर्याईएका रेशम चौधरी लगायतको रिहाईका लागी थारु संघ-संस्थाहरुले एक्यबद्धता जनाएका छन् । देशभरीका थारु संघसस्थाले रेशम चौधरी निर्दोष रहेको बताउदै तत्काल रिहाई गरिनुपर्ने माग गरेकाछन् ।

सरकारले ल्याएको अध्यादेश सहि भएको बताउदै यथासिघ्र कार्यान्वय गरिनुपर्ने थारु संघ सस्थाहरुले माग गरेका हुन । अध्यादेश प्रमाणिकरण हुनु पर्ने माग गर्दै यतिबेला थारु संघसस्थाहरु सडकमा आएकाछन् । यसैबिच थारु कल्याणकारीणि सभा दाङ र थरुहट-थारुवान संयुक्त संघर्ष समिति, तथा मटाँवा महासंघले संयुक्त रुपमा नारायणपुरमा शान्तिपुर्ण र्याली तथा कोणसभा गरिएको छ । सयौं थारुहरुकोको उपस्थितिमा गरिएको र्यालीले रेशम चौधरीको रिहाई तथा सरकारले ल्याएको अध्यादेश कार्यान्वयन गरिनुपर्ने माग गरेकोथिए । नारायणपुरको मुख्य बजार परिक्रमपछि कोणसभामा परिणत भएको थियो ।

थारु कल्याणकारिणि सभा दाङका अध्यक्ष भुवन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न थारु अगुवाहरुले रेशम चौधरी निर्दोष भएको प्रमाणित भईसक्दा पनि जेलमा थुनेर समग्र थारुहरुको अपमान गरेको बताएका थिए । थारु कल्याणकारिणि सभाका केन्दी्रय कोषाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथीले चुर्ण चौधरीले सरकारले ल्याएको अध्यादेश जायज भएको बताएकाथिए । यो अध्यादेश रेशम चौधरी लगायत सिंगो थारुलाई न्याय दिने भएकोले राष्ट्रपतीले प्रमाणिकरण गर्नुपर्ने उनले बताएकाथिए ।

‘नेपालको आदिवासि भुमिपुत्र थारुहरु यस देशको बन्जर जमिनलाई खेतियोग्य तथा बासस्थानको रुपमा विकास गरी देशको समृद्धि ल्याइरहेको अवस्थामा फेरी पनि थारुहरुलाई कमैया-कमलरी बनाउन खोज्नेहरु यस देशका नालायक हुन्’ चोधरीले भने । त्यस्तै उनले आफ्नो पहिचान माग गरिरहेको बेला कसैसँग भिख मागेको जस्तो अहिलेका नेताहरुले गराईरहेको उनको भनाइथियो । ।

त्यसैगरी कोणसभामा बोल्ने बत्ताहरुले देविराम शर्माको प्रतिवेदनले रेशम चौधरी निर्दोष छन् भनिरहेको अवस्थामा पनि जेल मुक्त गर्न नसक्नु सम्पुर्ण थारुहरुको अपमान गरेको बताएका थिए । उनिहरुले चाँदै लाल आयोगको प्रतिवेदन पनि सार्वजनिक गर्न सरकार सँग आग्रह गरेका छन् । कार्यक्रममा थारु नेताहरु चन्द्रप्रसाद चौधरी, हिंकलाल चौधरी, मनिकलाल चौधरी, घनश्याम चौधरी, प्रभा चौधरी लगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण अरबिन चौधरीले गरेका थिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित