एमालेको असहमतिकाबीच राष्ट्रिय सभाबाट नागरिकता विधेयक हुबहु पारित

काठमाडौं, १८ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको असहमतिबीच राष्ट्रिय सभाको बहुमतले विधेयक हुबहु पारित भएको छ ।

साउन २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता (पहिलो संशोधन) विधेयक राष्ट्रिय सभाबाट पुनः हुबहु पारित भएको हो ।

शुक्रबार सम्पन्न राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाको सन्देशसहित प्राप्त विधेयक पुनः हुबहु पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

अब राष्ट्रिय सभाको सन्देशसहित विधेयक प्रतिनिधिसभामा आउनेछ । प्रतिनिधिसभाले सन्देश टेबुल गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउनेछन् । दुवै सदनले दोस्रोपटक पारित गरेपछि अर्कोपटक पुनर्विचारका लागि फिर्ता पठाउने संवैधानिक अधिकार राष्ट्रपतिलाई छैन ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित