थारु कल्याणकारिणी सभा जापान शाखाद्धारा थापसलाई दश हजार सहयोग

थारु कल्याणकारिणी सभा जापान शाखाले थारु पत्रकार संघ नेपाललाई दश हजार सहयोग गरेको छ । थारु पत्रकार संघ नेपालद्धारा प्रकाशित हुन लागेको फूलरिया प्रकाशनको लागि पाँच हजार र संघको आगामी चैत १२ र १३ गते हुने महाधविशनको लागि ५ हजार गरेर १० हजार सहयोग गरेको हो ।

थारु कल्याणकारिणी सभा जापना शाखाका अध्यक्ष कनैलाल चौधरीले थारु पत्रकार संघ नेपालले कोभिडको समयमा पनि नमुना काम गर्दै आएकोले जापान शाखाबाट स्वफूर्त रुपमा आफुहरुले थारु पत्रकार संघ नेपाललाई सहयोग गरेको बताए । ‘हामी जापानमा बसेर पनि थारु पत्रकार संघ नेपालको गतिवीधि हेरिरहेकाछौं, उनले भने,-‘राम्रो काम गर्ने थारु संघसस्थालाई थापस जापान शाखाले आफै संस्थाका सम्विन्धित व्यक्तिहरुलाई सम्पर्क गरेर सहयोग गर्ने गरेकाछौं ।’

थारु पत्रकार संघ नेपालले बार्षिक रुपमा प्रकाशन गर्दै आएको फूलरिया प्रकाशनको लागि र यहि चैत १२ र १३ गते हुने महाधिवेशनलाई थप सहयोग पुगोस् भनेर तत्काललाई १० हजार सहयोग गरेको अध्यक्ष चौधरीले बताए । सामाजिक तथा भाषिक अभियन्ता समेत रहेका अध्यक्ष चौधरीले देशविदेशमा रहेका संघसस्था, व्यक्तिले थोरै थोरै भएपनि सहयोग गरेमा थापसको महाधिवेसन गर्नलाई कुनै कठिनाई नहुने बताएकाथिए ।

थापसको महाधिबेशनको लागि शुभकामना दिदै अध्यक्ष चौधरीले भने, ‘थापस भनेको थारू समुदायको सबै भन्दा बढी थारू युवा जनशक्ति भएको संगठन हो, त्यसमा पनि राज्यको चौथो अंग भएकोले सबै थारू समुदायले यस संस्थालाई सहयोग गर्नुपर्छ ।’ त्यसैगरि उनले थारु पत्रकार संघ नेपाललाई सवै थारु पत्रकारलाई समेतेर लग्न सुझाव दिएकाछन् । अग्रजहरुले स्थापना गरेको थारु पत्रकार संघको गरिमा बढाउन सवै थारु पत्रकारहरु एक हुनुपर्ने चौधरीले बताए ।

यसैविच थारु पत्रकार संघ नेपालको फूलरिया प्रकाशन र आगामी चैतको १२ र १३ गते हुने महाधिवेशनको लागि सहयोग गरेकामा थारु पत्रकार संघ नेपालले थारु कल्याणकारिणी सभा जापान शाखालाई धन्यवाद व्यक्त गरेको छ । थारु पत्रकार संघ नेपालका अध्यक्ष सन्तोष दहितले थारु कल्याणकारिणी सभा जापान शाखाका अध्यक्ष कनैलाल चौधरीलाई फोन गरेर धन्यवाद व्यक्त गरेका हुन् । अध्यक्ष दहितले आगामी चैतमा हुने थारु पत्रकार संघ नेपालको महाधविशनलाई भब्य र सभ्य बनाउनको लागि सवैमा आ आफ्नो ठाउँबाट सक्ने सहयोग गरिदिन अपिल समेत गरेकाछन् ।

संघले गत पुस मसान्तमा केन्द्रीय वैठक बसेर आगामी चैत १२ र १३ गते नलवपुरको अमलटारी होमस्टेमा महाधिवशेन गर्ने निर्णय गरेको छ ।

 

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित