साहित्य सम्मेलनको तयारी ८० प्रतिशत पुरा

थारु लेखक संघ नेपालको आयोजनामा यहि चैत २१ र २२ गते सुर्खेतमा हुने थारु राष्ट्रिय साहित्य सम्मेलनको तयारी तीव्र बनाएको छ । सम्मेलनलाई भब्य सभ्य बनाउनको लागि प्रचारप्रसार, आर्थिक संकलनलाई तीव्रता दिइएको सम्मेलन व्यवस्थापन समितिका संयोजक मानवहादुर पन्नाले जानकारी दिए । उनका अनुसार सम्मेलनको तयारी करिब ८० प्रतिशत पुरा भएको छ ।

सम्मेलनमा हुने छलफल तथा विषयबस्तुमा तयारी भइसकेको जानकारी दिदै संयोजक पन्नाले जिल्ला जिल्लाबाट आउने स्रष्टाहरुको नामावली समेत आउने सुरु भएको छ । थारु बाहुल्य रहेकाे तराइका २४ जिल्लाका थारु लेखक, पत्रकार, साहित्यकार एवं थारु अगुवाहरुको सहभागिता रहने सम्मेलनमा भारतमा बस्ने थारुहरूको समेत सहभागिता रहने उनले बताए । सम्मेलनलाई अन्तराष्ट्रिय स्तरको रुपमा बनाउनको लागि भारतमा बसोबास गर्ने थारुहरुलाई समेत बोलाउने तयारी भइरहेको उनले जानकारी दिए । दुइदिनसम्म चल्ने सम्मेलनमा समकालीन साहित्य, कला तथा संस्कृतिबारे बहस, लेखक तथा स्रष्टाहरू र सरोकारवालाहरूबीच बृहत अन्तरक्रिया तथा छलफल गरिने छ ।

त्यसैगरि थारु लोककला र सोन्दर्यबोध, निमाङ थारु लेखनशैली, थारु गीतको बाटो कता ?, बाल साहित्य कसरी लेख्ने लगायत विषयम छलफल हुने छ । यसैगरि थारु पहिचानको सवावलहरु, सुर्खेतमा थारु पहिचान, थारु भाषाको कविता वाचन, गैर थारु साहित्यकारको नजरमा थारु साहित्य, लोकसाहित्यको अवसर र सम्भावना लगायत विषयमा बृहत छलफ हुने र यहि वर्ष प्रकाशन भएका दर्जन भन्दा वढि पुस्तकको विमोचन गर्ने तथा थारु भाषाका विभिन्न पुस्तक प्रदर्शनी तथा विक्रिवितरणको लागि स्टलहरु राखिने छ

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर १ गते दाङको घोराहीबाट स्थापना भएको यस पत्रिकाले थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई मुख्य उद्देश्य बनाउँदै आएको छ। स्थापनाकालदेखि निरन्तर प्रकाशन हुँदै आएको अग्रासनले थारू समुदायका भाषा, संस्कृति, परम्परा, अधिकार तथा समसामयिक विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित