साहित्य सम्मेलनको तयारी ८० प्रतिशत पुरा

थारु लेखक संघ नेपालको आयोजनामा यहि चैत २१ र २२ गते सुर्खेतमा हुने थारु राष्ट्रिय साहित्य सम्मेलनको तयारी तीव्र बनाएको छ । सम्मेलनलाई भब्य सभ्य बनाउनको लागि प्रचारप्रसार, आर्थिक संकलनलाई तीव्रता दिइएको सम्मेलन व्यवस्थापन समितिका संयोजक मानवहादुर पन्नाले जानकारी दिए । उनका अनुसार सम्मेलनको तयारी करिब ८० प्रतिशत पुरा भएको छ ।

सम्मेलनमा हुने छलफल तथा विषयबस्तुमा तयारी भइसकेको जानकारी दिदै संयोजक पन्नाले जिल्ला जिल्लाबाट आउने स्रष्टाहरुको नामावली समेत आउने सुरु भएको छ । थारु बाहुल्य रहेकाे तराइका २४ जिल्लाका थारु लेखक, पत्रकार, साहित्यकार एवं थारु अगुवाहरुको सहभागिता रहने सम्मेलनमा भारतमा बस्ने थारुहरूको समेत सहभागिता रहने उनले बताए । सम्मेलनलाई अन्तराष्ट्रिय स्तरको रुपमा बनाउनको लागि भारतमा बसोबास गर्ने थारुहरुलाई समेत बोलाउने तयारी भइरहेको उनले जानकारी दिए । दुइदिनसम्म चल्ने सम्मेलनमा समकालीन साहित्य, कला तथा संस्कृतिबारे बहस, लेखक तथा स्रष्टाहरू र सरोकारवालाहरूबीच बृहत अन्तरक्रिया तथा छलफल गरिने छ ।

त्यसैगरि थारु लोककला र सोन्दर्यबोध, निमाङ थारु लेखनशैली, थारु गीतको बाटो कता ?, बाल साहित्य कसरी लेख्ने लगायत विषयम छलफल हुने छ । यसैगरि थारु पहिचानको सवावलहरु, सुर्खेतमा थारु पहिचान, थारु भाषाको कविता वाचन, गैर थारु साहित्यकारको नजरमा थारु साहित्य, लोकसाहित्यको अवसर र सम्भावना लगायत विषयमा बृहत छलफ हुने र यहि वर्ष प्रकाशन भएका दर्जन भन्दा वढि पुस्तकको विमोचन गर्ने तथा थारु भाषाका विभिन्न पुस्तक प्रदर्शनी तथा विक्रिवितरणको लागि स्टलहरु राखिने छ

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित