हामी नेपाली पोल्याण्डद्वारा मिर्गौला पीडित परियारलाई आर्थिक सहयोग


काठमाडौं, १० असोज । गोरखा फुजेल ३ का मिर्गौला पीडित गणेश परियारलाई हामी नेपाली पोल्याण्ड शाखाले ५० हजार सहयोग गरेको छ । दुवै मिर्गौला फेल भएका पीडित परियारको उपचारको लागि पोल्याण्डमा रहेका युवाहरुले आर्थिक सङ्कलन गरी पीडित परिवारलाई सहयोग गरेका हुन् ।

पीडित परियारलाई रकम हस्तान्तरण गर्दै हामी नेपाली पोल्याण्ड शाखा युवा विभागका संयोजक पवन थारु

हामी नेपाली पोल्याण्ड शाखाको अगुवाईमा पोल्याण्डमा रहेका नेपालीहरुले आर्थिक संकलन गरी पीडित परियारलाई नगद ५० हजार ५० रूपैया हस्तान्तरण गरिएको हामी नेपाली पोल्याण्ड शाखा युवा विभागका संयोजक पवन थारुले जानकारी दिए । पीडित परियारको आर्थिक अभावका कारण उपचार गर्नमा कठिनाइ भइरहेका खवर पाएपछि पोल्याण्डमा रहेका हामी नेपालीहरुले आर्थिक संकलन गरि सहयोग गरेका हौं, उनले भने । संयोगवस म नेपालमा आएकोले आफुले नै पीडित परियारलाई सहयोग गर्न पाउदा निकै खुशि भएको संयोजक थारुले बताए ।

यसैविच आफ्नो उपचारको लागि आर्थिक सहयोग गरेमा पीडित परियारले हामी नेपाली पोल्याण्ड शाखालाई धन्यवाद दिएकाछन् । ३५ वर्षिया परियारले आफ्नो मिर्गौला डायलासिस गर्न आर्थिक अवस्था कम्जोर भएको कारण सवैसंग सहयोगको याचना गर्नु परेको बताए । पीडित परियारले दुवै मिर्गौलाले काम गर्न छोडेपछि हप्तामा दुई पटक डायलाईसिस गर्दै आएकाछन् ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित