सिर्जनशिल युवा कृषि समुहद्धारा गरिएको तरकारी खेतिको अनुगमन (फोटो फिचर सहित)


घोराही, ३ वैशाख । सिर्जनशिल युवा कृषि समुहद्धारा दंगीशरण गाँउपालिका-२, सरुवाडाँडा स्थित गरिएको व्यवसायिक तरकारी खेतिको अनुगमन गरिएको छ ।


दंगीशरण गाउँपालिका अध्यक्ष भागीराम चौधरीको नेतृत्वमा गएको टोलीले सामुहिक रुपमाा भइरहेका तरकारी खेतिको बारेमा जानकारी लिएको हो ।

राष्ट्रिय युवा परिषद् समिति दाङ र दंगीशरण गाउँपालिको आर्थिक सहयोगमा करिब एक विघा जमिन लिजमा लिएर उनिहरु तरकारी खेति गरिरहेकाछन् । समुहका अध्यक्ष विश्वकर्माको अनुसार अहिले बोडि, काक्रा, गोलभेडा, खुर्सानी, लौका, करेला, साग, मुला लगायत व्यवसायिक तरकारी खेति भइरहेको छ ।

‘हाम्रो व्यवसायिक तरकारी खेतिको लागि राष्ट्रिय युवा परिषद्ले विना ब्याजको ५ लाख ऋण उपलब्ध गराएको छ, उनले भने,-तर यो ऋण पाँ बर्ष भित्र तिरी सक्नुपर्ने छ ।’

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित