तुलसीपुरमा पुस २५ गते माघ महोत्सव हुने

थारु समुदायको महान पर्व माघ नजिकिँदै जाँदा थारु बस्तीहरूमा चहलपहल बढ्न थालेको छ। गाउँदेखि सहरसम्म माघलाई विशेष र भव्य रूपमा मनाउन थारु संघ–संस्थाहरूले तयारी तथा छलफललाई तीव्रता दिएका छन्।

यसैबीच तुलसीपुरमा यही पुस २५ गते माघ महोत्सव २०८२ (थारु सम्बत २६४९) आयोजना हुने भएको छ। नमुना भुह्यारथान तुलसीपुर, थारु कल्याणकारिणी सभा क्षेत्र नं. ३ र मटावाँ महासंघ तुलसीपुरको संयुक्त आयोजनामा बसेको बैठकले माघ महोत्सव गर्ने निर्णय भएको थारु कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णबहादुर चौधरीले दिनुभयो।

नमुना भुह्यारथानका अध्यक्ष अधिवक्ता रामशरण चौधरीको अध्यक्षतामा बसेको बैठक उक्त निर्णय गरेको हो । यस्तै महोत्सवको तयारीकोलागि पुस १५ गते वृहत् बैठक राखिएका भुह्यारथानका अध्यक्ष रामशरण चौधरीले जानकारी दिनुभयो । उक्त बैठकमा महोत्सवलाई भव्य र सभ्य बनाउन विभिन्न उपसमितिहरु बनाउने, जिम्मेवारी बाँडफाँडलगायतका विषयमा छलफल गर्ने गरिने छ । त्यस्तै सोही दिन गाउँ गाउँबाट मघौटा नाचसंगै सहभागितको लागि मटाँवाहरुसंग वृहत छलफल समेत गरिने उहाँले बताउनुभयो ।

महोत्सवमा मघौटा, छोक्रा, हर्डुगंवाय नाचलगायत थारु सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिनेछन्। साथै थारु समुदायका परम्परागत परिकारहरू घोंघी, अनदीको भात, रोटी, ढिक्री, सुंगुरको मासु, पक्वा लगायत विक्रि तथा वितरणका लागि राखिने आयोजकले जनाएको छ। त्यस्तै थारु हस्तकला सामग्री तथा थारु भाषाका विभिन्न पुस्तकहरू समेत विक्री वितरण तथा प्रदर्शनीका लागि राखिने तयारी भइरहेको छ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित