थाकसको कोभिड रोकथाम कोषमा चौधरीले गरे दश हजार सहयोग

समाजसेवी बालकृष्ण चौधरीले कोभिड -१९ रोकथामको लागि दश हजार सहयोग गरेकाछन् । थारु कल्याणकारिणी सभा दाङले थालनी गरेको कोभिड -१९ रोकथाम कोषमा उनले दश हजार नगद सहयोग गरेको सभाका अध्यक्ष भुवन चौधरीले जानकारी दिए । घोराही उपमहनगरपालिका-१६, निवासी चौधरी हाल ललितपुर हरिसिद्धीमा बस्दै आएकाछन् ।

यसैविच यो महामारी रोकथाममा अतुलनिय योगदान पुर्को भन्दै थारु कल्याणकारिणी सभा दाङ देउखरका अध्यक्ष भुवन चौधरीले धन्यवाद ज्ञापन गरेकाछन् । यसैगरि उनले कोभिड रोकथामको लागि सवैलाई सहयोग गर्न अपिल समेत गरेकाछन् । थारु कल्याणकारिणी सभा दाङले थालनी गरेको कोभिड १९ रोकथाम कोषमा कसैले सहयोग गनुचाहेमा थारु कल्याणकारिणी सभा दाङको नाममा रहेको नेपाल बैंक लिमिटेड घोराही शाखा खाता नं. ०२७००१००२७२०७००००००१ मा जम्मा गर्न सकिने छ ।

यस कोषमा जम्मा भएको रकमले थारु समुदायका संक्रमित विरामीहरुलाई स्वस्थ्य सामग्रमा सहयोग गर्ने र कोभिड रोकथामको लागि सचेतना अभियान चलाउने अध्यक्ष चौधरीले जानकारी दिए ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित