दुइ लाख दश हजारको एउटै बोका

घोराही, ३१ जेठ । घोराही, १७ गुलरिया निवासी महेन्द्र चौधरीले बोयर जातका एउटै बोकालाई दुइ लाख दश हजारमा खरिद गरेर ल्याएकाछन् ।

पछिल्लो समयमा बोयर जातका बाख्राबाट मनग्य आम्दानी हुन थालेपछि उनले कैलालीबाट उक्त बोकालाई भर्खरै खरिद गरेर ल्याएका हुन् । विगत दुइ बर्षदेखि बोयर जातको बाख्रा पाल्दै आएका चौधरी घोराहीमा बोयर जातको बोका अभाव भएपछि आफुले उक्त बोका ल्याएको बताए । करिब तीन फिट अग्लो रहेको उक्त बोका ७२ केजिको रहेको चौधरीले जानकारी दिए ।

बोयर जातको बाख्राको शारीरिक बृद्धि र तौलमा अन्य जातको बाख्राको तुलनामा छिटो बढ्ने र ब्यवसायीक हिसावलले पनि राम्रो आम्दानी भएकोहुदाँ आफु बोयर जातको बाख्रा पालनमा लागेको उनले बताए । ‘अहिले सामन्यतया घरमै ५ वटा बाख्रा पालिरहेको छु, उनले भने–अब व्यवसायिक रुपमा फर्म दर्ता गरेर थप लगानी लगाउने योजना छ ।’ जिल्लामा बोयर जातका बाख्राको माग बढेसँगै आफुले पनि विस्तारै लगानी बढाउँदै लगेको उनले बताए । चाैधरीले यस अघि बाेयर जातका बाख्रा रूकुमबाट ल्याएकाथिए ।

अन्य बाख्रा बर्षभरि पाल्दा समेत करिब ३०/३५ किलो हुन्छ तर बोयर जातको बाख्रा सामन्यतया ६ महिनामा पाल्दा ३० किलो भन्दा बढि हुने गरेको उनले बताए । अहिले किसानहरुले बोयर जातको खशिबोकालाई ६०/६५ किलोसम्म बनाएर बेच्ने गरेको उनको भनाइथियो ।

चौधरीका अनुसार शतप्रतिशत शुद्ध बोयर जातका बाख्राको मुल्य प्रतिकिलो ४ हजारसम्म पर्छ भने क्रस गरि उत्पादन गरेका बोयर जातका बोकालाई प्रतिकिलो दुइहजारसम्म विक्रि हुने गरेको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित