अखिल नेपाल किसान महासंघ दाङको अध्यक्षमा पुनः गिरी निर्वाचित

अखिल नेपाल किसान महासंघ दाङको अध्यक्षमा पुनः केशब गिरी निर्वाचित हुनुभएको छ । घोराहीमा भएको महासंघको चौथो अधिवेशनबाट गिरी अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

यस्तै महासंघको उपाध्यक्षमा राजेन्द्र चौधरी, महिला उपाध्यक्षमा ममता चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै महासंघको सचिवमा खड्ग बहादुर डाँगी, उपसचिवमा बेलमति रावत र कोषाध्यक्षमा जंगबहादुर खत्री निर्विरोध निर्वाचित भएको महासंघका नव निर्वाचित अध्यक्ष गरीले जानकारी दिनुभयो ।

नेकपा एमालेकी पोलिटव्यूरो सदस्य शान्ता चौधरीले नेपाल कृषि प्रधान देश भएकोले किसानको समस्या समाधान नहुदासम्म मुलुकले गति लिन नसक्ने बताउनुभयो । उहाँले मुलुकको समृद्धिको लागि किसान मैत्री कार्यक्रम ल्याउनुपर्नेमा जोडदिनुभयो । यस्तै एमाले प्रदेश सचिव लक्ष्मण आचार्यले किसानमुखी योजना अगाडि बढाउनुपर्ने कुरामा जोडदिनुभएकोथियो । मुलुकको समृद्धिको लागि किसान मैत्री कार्यक्रम ल्याउनुपर्नेमा जोडदिनुभएकोथियो ।

किसान महासंघ दाङका अध्यक्ष केशव गिरीको अध्यक्षतामा भएको कार्यक्रममा किसान महासंघका केन्द्रीय अध्यक्ष प्रेम दंगाल, किसान महासंघकी केन्द्रीय सचिव आरती पौडेल, नेकपा एमालेका उपाध्यक्ष मनोहर वुढाथोकी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन लगायतले किसानहरुको समस्याको समाधानको राज्य गम्भिर बन्नुपर्ने बताउनुभएकोथियो ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित