जिल्ला प्रशासन कार्यालय दाङबाट दिइने सेवा केहिदिनको लागि वन्द

घोराही, १६भदौ । जिल्ला प्रशासन कार्यालय दाङवाट दिइने सेवा केेहिदिनकोलागि वन्द गरिएको छ । कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि कार्यालय वन्द गरिएको हो ।

संक्रमणवाट वच्नको लागि अर्को निर्णय नहुदासम्म केहिदिनको लागि कार्यालय बन्द गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । यसैविच शान्ति सुरक्षाका अत्यावश्यक काम बाहेक अन्य सेवा स्थगित गरिएको कार्यालयले जनाएको छ । मंगलवार सार्वजनिक सूचना जारी गरेर यस्तो जानकारी गराएको हो ।

दाङमा आइतवार राती १२ बजेदेखी भदौं २१ गते राति १२ बजेसम्म एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । समुदाय स्तरमा कोरोना भाइरसका बिरामीहरू फेला परेपछि सजगता अपनाइएको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित