तुलसीपुर महोत्सवमा उर्लियो जनसागर, सोमवारदेखि हेलिकप्टर


शरद रेग्मी

तुलसीपृुर, १२ माघ । दाङको तुलसीपुरमा जारी तुलसीपुर महोत्सव २०७६ मा आईतबार पनी उल्लेख्य दर्शकहरुको सहभागिता रहेको छ । माघ १० देखी शुरु भएको महोत्सवको तेस्रो दिन हजारौ दर्शकहरुले मेलाको अवलोकन गरेका छन । नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर आयोजना गरेको महोत्सवमा दैनिक हजारौ दर्शकहरुको उपस्थीतिले आयोजकहरुलाई समेत हौसाएको छ । तुलसीपुर उद्योग वाणिज्य संघले निमार्ण शुरु गरेको सभाहलको निमार्ण कार्य सम्पन्न गर्ने उदेश्यले आयोजना गरेको महोत्सवमा दैनिक दर्शकहरुको बाक्लो उपस्थीतिले महोत्सवले लिएको लक्ष्य हासिल हुनेमा आयोजकहरु बिश्वस्त रहेका छन ।
महोत्सवका आर्कषणका रुपमा स्थानिय कृषि उत्पादन सहितको कृषि प्रर्दशनि ,जुम्लाको अर्गानिक सामाग्रि , बाल उद्यान , मौतका कुवा ,होचि महिला ईश्वरि माया छिनाल , दैनिक केन्द्रिय कलाकारहरुकोे प्रस्तुती , स्थानिय नृत्य प्रतियोगिता लगाएतका रहेका छन ।
आज तुलसीपुरमा देवि घर्ति, टिका सानु, रिता केसी, रेश्मी तामाङ ,कमल गाउंले, कमल रेउले, देवेन्द्र बस्नेत, प्रेम विवस घर्ति , दिपक कुमाल ,उमादेवि खनाल लगायतका कलाकारहरुले महोत्सवमा दर्शकहरुलाई आफनो प्रस्तुतिका माध्यम बाट दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका छन । त्यसैगरि आजै देखि महोत्सवमा दंगल कुश्ति खेल समेत शुरु भएको छ । महोत्सवको ५०१ नम्वर स्टलमा आज देखि दंगल कुस्ती खेल समेत राखिएको छ । उक्त खेल हेर्नका लागी दर्शकहरुले ५० रुपैयाको टिकट काटनु पर्ने आयोजकले जनाएको छन । त्यसैगरि दैनिक ३ घण्टा भने निशुल्क रुपमा खेल हेर्ने व्यवस्था समेत गरिएको संयोजक अनुज खडकाले बताए ।
महोत्सवमा तुलसीपुर एअरपोर्टको स्तर उन्नतिका लागी सरकारको ध्यानाार्षण गराउने उदेश्यले दैनिक अतिथिहरु आमण्त्रण गरि प्रतिवद्धता जनाउने कार्यक्रम समेत शुरु गरिएको छ । जस अन्र्तगत आइतबावर नेपाली काग्रेसका नेता तथा सविधान सभा सदस्य वुद्यिराम भण्डारीले तुलसीपुर एअरपोर्टको स्तर उन्नतिका लागि काग्रेस पार्टि लागि परेको बताए । साथै उनले आफु माननिय हुदा समेत एअरपोर्टका लागि पर्यटन मन्त्रिलाई ल्याएर सम्भाव्यता अध्यण गराएको बताए । त्यस्तै महोत्सवमा सोमबार चर्चित दोहोरी गायक पशुपती शर्मा , राधिका हमाल , मौसमी राना , प्रशांस कडेल , सिर्जना खत्री , कमल गाउँले सहित अन्य राष्टियत तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहने महोत्सवका सास्कृतिक संयोजक ललित जंग शाहले बताए ।
महोत्सवमा हेलिकप्टर यात्रा
तुलसीपुर महोत्सवको चौथो दिन सोमवार देखि हेलिकप्टर यात्राको कार्यक्रम राखिएको छ । भ्रमण वर्ष २०२० लाई सफल पार्ने उदेश्यले स्थानिय पर्यटकिय स्थलहरुको अवलोकन गर्ने कार्यक्रम मिलाईएको आयोजक तुलसीपुर उद्योग बाणिज्य संघले जनाएको छ । आयोजकका अनुसार भोलि देखि हेलिकप्टर मार्फत तुलसीपुर बजार परिक्रमा ,स्वर्गद्धवारी , धारापानी , पु्रन्धारा छहरा , खैरावाङ , कुपेण्डे ताल , रारा ताल , से फोक्सुण्डो ताल लगायतका पर्यटकिय स्थलहरुको अवलोकन गर्ने कार्यक्रम तय गरिएको अध्यक्ष बिर बहादुुर रावत बिरुले बताए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित