दंगीशरणका किसानहरु पशुपालन तर्फ आकर्षित हुदै

दंगीशरण, २१ पुस । दंगीशरण गाउँपालिका वडा न. ४ का रामनारायण चौधरी १३ वटा बुंगुर पालेर बुंगुर फार्म संचालनमा ल्याएका छन् । त्यहि बुंगुर बाट चौधरीले बार्षिक रुपमा ४ लाख आम्दानी गरेको बताए । उनको पेशा नै पशुपालन हो । चौधरीले बुंगुर पालन गर्नलागेको करिब ८ बर्ष भयो । एक लटमा १३ देखी १४ वटा बुंगुरहरु खोरमा हाल्छु, उनले भने – “ब्यवसाय फस्टाउनका लागि गाउँपालिका बाट सहयोगको आशा छ र हामी कृषकका लागि यस्तै पशुपालन सम्बन्धि तालिम र गोष्ठिको आयोजना गरिनुपर्छ ।”
दंगीशरण वडा न. ३ की पार्वता कंडेल १ भैसी ६ वटा बाख्रा पालेकी छिन् । ४६ साल देखी पशुपालन ब्यवसाय गरेकि कंडेल बार्षिक ४० देखी ३० लाख सम्म सम्म आम्दानी गर्छीन् । उनले गाउँपालिकाको पशु शाखा बाट एउटा वयर बोका अनुदानमा पाईन् । “दुई बर्षमा राम्रै आम्दानी हुन्छ भन्ने लाग्याछ, कंडेलले भनिन् । वडा न. ५ का रमेश श्रेष्ठले वंगुर फर्म खोलेको भरखरै मात्र हो । तर ब्यवसाय फस्टाउँदै गएको छ । फर्मलाई ब्यवस्थापन गर्न पक्की टहरा निर्माण कार्य हुदैछ, अव मेरो ब्यवसाय नै बंगुर पालन हुनेछ श्रेष्ठले भने ।
दंगीशरण गाउँपालिका पशु शाखाले आयोजना गरेको पशु पंक्षी विमा सम्बन्धि एक दिने अभिमुखीकरण गोष्ठीमा पशु किसानहरुले यस्तो बताए । उनीहरुले एउटै माग राखे गाउँपालिकाले अनुदानमा पशु दिए ब्यवसाय अझै फस्टाउँदै जाने थियो । सो अवसरमा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले पशु किसानहरुले पशु विमा गर्दा लाभदायी हुने बताए । अव किसानहरुले पशु र कृषि बाट ब्यवसायमुलक बन्न सक्ने बताए । उनले अवको बर्षहरुमा किसानहरुको माग लाई मध्यनजर गर्दै पशु र कृषि कार्यक्रमलाई अगाडि बढाउँने बताए ।
यसैगरि उपाध्यक्ष पिमा कुमारी खड्काले यो बर्ष किसानहरुका लागि वाख्रा पकेट कार्यक्रम संचालन गरेको बताईन् । उन्नत जातका बाख्रा पालनबाट राम्रो आम्दानी लिन सकिने भन्दै खड्काले पि पि आर रोगबाट बचाउँन जरुरी रहेको बताईन् । अरु भन्दा पानी किसानहरुको लागि पशु पालन ब्यवसाय तथा कृषि बाट फलदायी हुने बताईन् ।
गोष्ठिमा पशु शाखा अधिकृत दामोदर आचार्यले पशु विमा गर्नाले हुने फाईदा, महत्व, आवश्यक्ता, पशु विमा गर्ने प्रक्रिया, नेपालमा पशु विमा गर्नुको फाईदा, विमा लेख दावी सम्बन्धि प्रक्रिया, कृषि विमा भनेको के हो ?, लापरवाहीबाट हुने क्षेती, विमालेखले रक्षा गर्ने कुराहरु लगाएतका बिषयमा जानकारी गराएका थिए । गोष्ठिमा दंगीशरण गाउँपालिकाका ७ वटै वडाका पशु किसानहरुको सहभागिता रहेको थियो । पशु शाखाका हितराम चौधरीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण एकराज सुवेदीले गरेका थिए ।

दिप्तीशिखा चौधरी

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित