घोराही १६ मा नेकपाका उम्मेदवार केसी

घोराही, २५ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १६ को वडा अध्यक्षका लागि उमेदवारको टुंगो लगाएको छ । पार्टीको वडा र नगर कमिटीले पठाएका नाममा लामो समयको छलफल पछि सुरेशबहादुर केसीलाई उमेद्वार बनाउने निर्णय गरेको हो ।

लालमति बुढामगर, गजेन्द्र खड्का, भुवन चौधरी र सुरेश बहादुर केसी सहित ४ जनाको सिफारीस भएकोमा केसीलाई वडा अध्यक्षको उमेद्वार बनाउने नेकपा दाङको कार्यालय बैठकले निर्णय गरेको हो । वडा अध्यक्षका लागि कार्तिक २७ गते उम्मेदवारी दर्ता हुँदैछ ।

वडा नम्बर १६ का अध्यक्ष लछिनप्रसाद बुढामगरको निधन भएपछि हुन लागेको उपनिर्वाचनमा उहाँका श्रीमती लालमति बुढा मगरलाई उमेद्वार बनाउने चर्चा भए पनि अन्तत केसीलाई नेकपाले उमेद्वार बनाएको हो ।

नेपाली कांग्रेसले ताराबहादुर डिसीलाई उमेद्वार बनाईसकेको छ । वडा नम्बर १६ मा ४ हजार ४ सय ५३ मतदाता रहेका छन् । २ मतदान स्थल र ५ मतदान केन्द्र निर्धारण भएको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित