लेखीले छाडे लोसपा, एमालेमा प्रवेश गर्ने तयारी

काठमाडौं । आदिवासी जनजाति नेता राजकुमार लेखीले नवगठित लोकतान्त्रिक समाजवादी पार्टी छोडेका छन्। लेखीले बिहीबार एक विज्ञप्ती जारी गरेर लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य र पार्टीका सबै पदबाट राजीनामा दिएको बताएका छन्।

 

नेपाल आदिवासी जानजाति महासंघका पुर्व अध्यक्ष समेत रहेका लेखि पुर्व एमाले नेता पनि हुन । लेखी नेकपा एमालेमा प्रवेश गर्न लागेको उनि निकट एक नेताले बताए । सम्भवत लेखि नेकपा एमालेको भोली देखि हुने विधान महाधिवेशनको उद्घाटन सत्रमा प्रवेश गराउने कार्यक्रम रहेको उनि निकट स्रोतले बताएको छ ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित