दंगीशरण गाउँपालिका स्तरिय रास्ट्रपति रनिङ शिल्ड हुने

लक्ष्मण बस्नेत
दंगीशरण, ६ फागुन ६ । दंगीशरण गाउँपालिका स्तरिय दोस्रो तथा १२ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ हुने भएको छ । दंगीशरण गाउँपालिका को आयोजना तथा बिरेन्द्र मा.बि. हेकुलीको संयोजनमा यहि फागुन १२ गते देखि रनिङ शिल्ड प्रतियोगिता हुने भएको हो ।

तीन दिनसम्म संचालन हुने प्रतियोगितामा भलिबल, कबडी, छात्र/छात्रा, ऎथ्लेटिक्स ट्रयाक तर्फ १००, २००, ४००, ८००, १५००, ३००० मिटर छात्र/छात्रा दौड, १०० गुणा ४०० र ४ गुणा ४०० छात्ररछात्रा रिले दौड तथा फिल्ड तर्फ हाईजम्प, लङजम्प, त्रीपलजम्प, ज्याभलिङ थ्रो र सटपुट छात्र/छात्रा बिच कडा प्रतिस्पर्धा हुने दंगीशरण गाउँपालिका शिक्षा युवा तथा खेलकुद समिति शाखा प्रमुख बिनोद अधिकारी ले जानकारी दिनु भएको छ । प्रतियोगितामा दंगीशरण गाउँपालिका क्षेत्रका सामुदायिक तथा निजि बिधालय को सहभागिता रहनेछ भने बिधालयमा कक्षा १२ सम्म अध्ययन गर्ने १८ बर्ष उमेर सम्मका छात्र/छात्रा ले मात्र भाग लिन पाउनेछ्न् ।

यसैबिच प्रतियोगिता सयोजनको जिम्मा पाएको बिरेन्द्र माबी हेकुलिले रनिङ शिल्ड प्रतियोगिता को तयारी लाई तिब्र पारेको छ । प्रतियोगितालाई भब्य एवं सभ्य तवर ले सम्पन्न गर्न गाउँपालिका अध्यक्ष भागीराम चौधरीको अध्यक्षतामा बसेको तयारी बैठक ले ४ सदस्यीय प्राबिधिक टिम गठन गरेको छ । जसको सदस्यमा एथलेटिक्स प्रशिक्षक पद्मा चौधरी, भलिबल सहायक प्रशिक्षक भिम बहादुर डाँगी, कबडी सहायक प्रशिक्षक शिव बहादुर बिक र एथलेटिक्स का रास्ट्रीय रेफ्री तथा माबी हेकुली का शिक्षक प्रदिप चन्द रहनु भएको छ ।

त्यस्तै बैठक ले प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो स्थान हासिल गर्ने बिधालय लाई क्रमशः २०, १५, र १० हजार पुरस्कार राशी प्रदान गर्ने निर्णय समेत गरेको शाखा प्रमुख अधिकारीले जानकारी दिनुभयो । प्रथम गाउँपालिका स्तरिय रनिङ शिल्ड प्रतियोगिता पुर्ण रुपमा सार्थक र परिणाममुखी बनाउन सफल भएको गाउँपालिका यतिबेला दोस्रो रनिङ शिल्ड प्रतियोगिता लाई अझ मर्यादित र भब्य बनाउन लागि परेको गाउँपालिका अध्यक्ष भागीराम चौधरीले बताउनु भयो । ‘हामी ले रनिङ शिल्ड प्रतियोगिता लाई खेलकुद महोत्सव का रुपमा लिएका छौ, अध्यक्ष चौधरी भन्नुभयो,- ‘यो बालबालिका को सर्वाङ्गिन बिकास संग जोडिएको विषय हो, त्यसैले गाउँपालिका मा रहेका ४ वटा सामुदायिक बिधालय लाई आन्तरिक तयारी का लागि सहयोग स्वरुप गाउँपालिका ले बिनियोजन गरेको एक लाख रुपैयाँ २५ हजारका दर ले प्रदान गरेका छौं ।’

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित