थारु कल्याणकारिणी सभामा पाँच जना केन्द्रीय सदस्य मनोनित

थारु समुदायको साझा संस्था थारु कल्याणकारिणी सभा (थाकस)ले पाँच जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । थारु कल्याणकारिणी सभाको हालै बसेको केन्द्रीय कमिटी बैठकले पाँच जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो ।

सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णबहादुर चौधरीका अनुसार केन्द्रीय सदस्यमा मनोनित हुनेहरूमा अधिवक्ता हल्लु प्रसाद चौधरी (दाङ–देउखुरी), फोनिराम चौधरी (कैलाली), सत्यनारायण चौधरी (रुपन्देही) र सुरेन्द्र चौधरी (सुनसरी) , जीतबहादुर चौधरी (कपिलबस्तु)
रहनुभएको छ । अधिवक्ता हल्लु प्रसाद चौधरीलाई पश्चिम नेपालका मटाँवा, बरघर र भलमन्साहरूको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा मनोनित गरिएको कोषाध्यक्ष चौधरीले जानकारी दिनुभयो । त्यसैगरी बैठकले सभाको सहमहामन्त्रीमा सतिश चौधरीलाई जिम्मेवावरी दिने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

यसैबीच, बैठकमा सहयोग गर्ने सम्पूर्ण केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, विदेश विभागका संस्थापकहरू, जिल्ला सभापतिहरू तथा विभागीय संयोजकहरूप्रति थारु कल्याणकारिणी सभाले हार्दिक आभार व्यक्त गरेको छ ।

वि.सं. २००५ सालमा स्थापना भएको थारु कल्याणकारिणी सभा थारु समुदायको उत्थानका साथै देशभरका थारुहरूलाई एकीकृत गर्दै समुदायका हकअधिकारका लागि निरन्तर आवाज उठाउँदै आएको छ ।

सन्तोष दहित

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित