दाङ, बैशाख १२ गते । मुक्त कम्लहरी सशक्तीकरण परियोजना अन्तर्गत महिला समुह दाङको अध्यक्षमा बिनिता चौधरी चयन हुनुभएको छ ।

शुक्रबार घोराहीमा भएको मुक्ति कम्लहरीहरुको भेलाले बिनिताको नेतृत्वमा सात सदस्यीय महिला संजाल समुह गठन भएको मुक्त कमलरी विकास मंचकी पुर्व केन्द्रीय अध्यक्ष मंजिता चौधरीले जानकारी दिनुभयो ।
समुहको उपाध्यक्षमा सुमन कुमारी चौधरी, सचिवमा रामकली चौधरी, कोषाध्यक्ष रिना चौधरी चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा डिमा चौधरी सबिता बोहरा र लालमति चौधरी चयन गरिएको उहाँले बताउनुभयो ।
यसैविच नन्दा योगीको अध्यक्षतामा घोराही उपमहानगरपालिका स्तरीय महिला संजाल पनि गठन गरिएको छ । नगरस्तरिय समहुको उपाध्यक्षमा रामकली चौधरी, सचिवमा पवित्रा चौधरी, कोषाध्यक्षमा बिनिता चौधरी चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा सपना चौधरी, अन्जु चौधरी र मिना बिका रहनुभएको छ ।
मुक्त कम्लहरी विकास मंचद्वारा गठित कम्लहरीहरुको सशक्तीकरणमा सहयोग पुर्याउने उद्देश्यले महिला संजाल समुह गठन गरिएको मुक्त कमलरी विकास मंचका कार्यक्रम संयोजक सुबोध चौधरीले जानकारी दिनुभयो ।
यस्तै संजालले लैंगिक हिसामा परेकाहरुको तथ्याङक संकलन, सहकारीको घुम्तिकोषमा समन्वय गर्ने, गड्यालो मल उत्पादन, सामुहिक कृषिमा टेवा सहयोग पुर्याउने उहाले बताउनुभयो ।


